विपद्प्रति सचेत र तयारी रहन प्रधानमन्त्रीको निर्देशन

Pm kp oli smiling

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भावित विपद्प्रति सचेत रहन र विपद्बाट जोगिने तयारी गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् ।

सोमबार सिंहदरबारमा बसेको विपद व्यवस्थापन समितिको बैठकमा प्रधानमन्त्री ओलीले पहिरो र डुबानजस्ता विपद् व्यवस्थापनका लागि तयारी हालतमा रहन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । बाढी, पहिरो र डुबानजस्ता आइपर्न सक्ने विपत्तिको सामना गर्न तयारी हालतमा बस्न सम्बन्धित निकायलाई सचेत गराएका हुन् ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले विपद्पछि आइपर्ने चुनौतिको सामना गर्नेगरी आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालय र सुरक्षा निकायका प्रमुखहरुको पनि गम्भिर ध्यानाकर्षण गराए ।

बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपत्तिको सामना गर्न सुरक्षा निकाय, प्रदेश र स्थानीय सरकारलाई पनि प्र्र्रधानमन्त्री ओलीले निर्देशन दिएकाा सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालाई विपद् व्यवस्थापनका लागि नीतिगत निर्णय लिन आवश्यक भए त्यसका ढिलाई नगर्न पनि निर्देशन दिएका थिए । बैठकमा प्रदेश सरकारका मूख्यमन्त्री तथा प्रतिनिधिहरु समेत सहभागी थिए ।

वर्षात् सुरु भएपछि प्रधानमन्त्री ओलीले विपद व्यवस्थापनका लागि आवश्यक तयारी गर्न सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न सचेत गराएका हुन् । नेपालमा हरेक वर्ष वर्षात् सूरु भएपछि पहाडी र हिमाली क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा बाढी र डुबानका कारण ठूलो धनजनको क्षति हुने गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...