आफ्नै छात्रालाई दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

Balika rep

परासी । नवलपरासी पश्चिमको सुस्ता स्थित दीपक मावि पक्लिहवाका शिक्षक वन्हु खवास आफ्नै छात्रालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

दशिषक खवासलाई कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई दुव्र्यवहार गरेको आरोप लागेको छ । उनले विद्यालयको पुस्तकालयमा पुगेकी ति छात्रालाई पुस्तकालयमा रहेका अन्य विद्यार्थी बाहिर निस्किसकेपछि दुव्र्यवहार गरेको भन्दै परिवारले प्रहरीमा जाहेरी दिएका हुन् ।

एक्लै रहेकी छात्राको संवेदनशील अंगमा समात्दै जबरजस्ती गर्न खोजेको आरोपसहित जाहेरी दिएपछि शिक्षक खवासलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि जवर्जस्ती करणी अन्तरगत मुद्दा दर्ता गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...