उपाधीको मुख्य दावेदार ब्राजिल बराबरीमा, नेयमारमाथि १० चोटी फउल

Neamar

काठमाडौं । उपाधिको मुख्य दाबेदार मानिएको ब्राजिल पहिलो खेलमै बराबरीमा रोकिएको छ। अाइतबार राति भएको विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग ब्राजिलले १-१को बराबरी खेलेको हो।

फिलिप्पे काैटिन्होले खेलको २०अौं मिनेटमा ब्राजिललार्इ सुरुवाती अग्रता दिलाएका थिए तर खेलको ५०अौं मिनेटमा स्वीस टोलीका स्टिभेन जुबरले हेडर मार्फत बराबरी गोल फर्काए।

पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिल १९७८ पछि पहिलो पटक विश्वकपको पहिलो खेलमा जित पार्न असफल रहनुको मुख्य कारण नेमारमाथि विपक्षी टोलीका खेलाडीको दबाब मुख्य रह्यो।

 विश्वकै सबैभन्दा महँगा खेलाडी रहेका नेमारले सुरुवाती खेलमा कस्तो प्रदर्शन गर्लान भन्ने जिज्ञासासहित मैदान पुगेका ब्राजेली फ्यानहरु उनीमाथि एकपछि अर्को गर्दै भएको फउलपछि अाक्रोसित देखिन्थे।

स्वीस डिफेन्डरको मुख्य टार्गेट बनेका नेमारमाथि १० चोटी फउल भएको थियो। यो सन् १९९८ यता विश्वकपको एउटा खेलमा एउटा खेलाडीमाथि भएको सर्बाधिक पटक फउल हो। यसअघि इंग्ल्याण्डका एलन सेयररमाथि १९९८ मा टुनिसियाका खेलाडीहरुले ११ चोटी फउल गरेका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...