वीराङ्गानामा शिल्पाको कस्तो छ रूप ? (हेर्नुस् ट्रेलर)

Shilpa pokhrel

काठमाडौं । एक्शनप्रधान चलचित्र वीराङ्गाना ट्रेलर सार्वजनिक गरिएको छ ।

सामाजिक सञ्जाल साईराम पिक्चर्सको युट्युब च्यानलबाट निर्माण पक्षले आइतवार चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । यही असार २९ मा प्रदर्शनीमा आउने वीराङ्गानाको पोष्टर र दुई गीत सार्वजनिक गरिसकेको छ ।

चलचित्र वीराङ्गानामा शिल्पा पोखरेल, अनुपविक्रम शाही, पृथ्वीराज प्रसाई प्रज्वल गिरी, सुशील पोखरेल, धु्रव कोईराला, प्रिया रिजाल लगायतको मुख्य भुमिका छ । यो वीराङ्गानामा घोडा र बाँदरलाई पनि पर्दामा देखाएको छ ।

महिला शसस्त्र प्रहरीको वीरतामा आधारित रहेर बनाइएको वीराङ्गानामा लभस्टोरी एक्सन जनरामा निर्माण गरिएको छ । राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको वीरङगानामा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत छ ।

कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको वीराङ्गामा श्री श्रेष्ठको द्धन्द्ध, हरि घले लामा र रामेश्वर कार्कीको छायाँकन छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...