विकलाई विश्वकर्मा हेल्पिङ ह्याण्डको आर्थिक सहयोग

Bk help news

काठमाडौं । देश विदेशमा छरिएर रहेका विश्वकर्मा समुदायको सहयोगका लागि खोलिएको संस्था हो विश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड द वर्ल्ड फाउन्डेसन । यसले पछिल्ला दिनमा आपतमा परेका विश्वकर्माहरुलाई सहयोग गर्दै आएको छ ।

यसैक्रममा हेल्पिङ ह्याण्ड अराउण्ड द वर्ल्ड फाउन्डेसनले शैक्षिक जागरणअन्तर्गत कालिकोटका वीरमाने विकलाई १२ हजार रुपैयाँ सहयोग गरेको छ ।

फाउण्डेसनले विकलाई शैक्षिक क्षेत्रमा सहयोग पुगोस् भनेर रुपैयाँ सहयोग गरेको विश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड द वर्ल्ड फाउन्डेसनका अध्यक्ष कृष्ण गहतराजले बताए । 

शारिरीक रुपम अपांगता भएका विकलाई आइतवार काठमाडौंमा फाउण्डेसनका नेपाल संयोजक राजन लोहनी, फाउण्डेसनका सदस्य सुन्दर हेमचुरी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइली लगायतले उनको शैक्षिक प्रगतिको कामना गर्दै सो रकम हस्तान्तर गरे ।

कालिकोटको पालझरना गाउँपालिका वडा नं. ५ का विक हाल कोटेश्वर बहुमुखी क्याम्पसमा विविएस अध्ययनरत छन् । आर्थिक अवस्था कमजोर भएका विकको बसोबासको व्यवस्था भने सांसद तथा नेपाली कांग्रेसका युवा नेता गगन थापाले गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...