श्रीदेवीको मृत्युपछि विक्षिप्त ‘रंगीला’ को के छ अवस्था ?

Rangila 3

काठमाडौं । श्रीमतिको मृत्युपछि विरहमा डुबेको ‘रंगिला’ लाई भारत लगिने भएको छ । १९ वर्षीय ‘रंगीला’ १७ वर्षकी पोथी श्रीदेवीको मृत्युपछि विक्षिप्त बनेको थियो ।

श्रीदेवीको सदर चिडियाखाना ललितपुरमा ल्याएको केही हप्तामा नै जण्डिस लागेर मृत्यु भएको थियो । पशु अधिकारकर्मीहरूले रंगिला नामको भालुलाई थुनेर राख्नुभन्दा भारतमै बुझाउनुपर्ने बताउँदै आएका थिए ।

रंगिला र श्रीदेवी भालु विश्वकै एक दुर्लभ प्रजाति ‘स्लोथ प्रजाति’ का भालु हुन् । यी दुई जोडी भालु यसअघि भारतबाटै नेपाल आएका थिए । रंगिला श्रीदेवी नामका यी भालु गत मङ्सिरमा रौतहटबाट नियन्त्रणमा लिइएको थियो ।

भालु नचाउने व्यक्तिहरुले अनाधिकृत रुपमा ती भालुहरुलाई प्रयोग गरिरहेको सुचनाका आधारमा नियन्त्रणमा लिई चितवन राष्ट्रिय निकुन्जलाई बुझाइएको थियो । पछि यी दुई भालुलाई सदर चिडियाखान जाउलाखेल ल्याइएको थियो ।

दुर्लभ बन्यजन्तुसम्बन्धि अन्तर्राष्ट्रिय सन्धि साइटिस सन् १९७५ जुलाई १ अनुसार कुनै पनि देशमा रहेको दुर्लभ बन्यजन्तु यदि कुनै देशमा पुगेको भए पनि सो बन्यजन्तुलाई त्यही देशमा फर्काउनुपर्ने प्रावधान छ । यो सन्धिमा नेपाल र भारत दुबैले हस्ताक्षर गरेका छन् । सोही अनुसार ‘रंगिला’लाई भारत पठाउन विहीबारको मन्त्रीपरिषदको बैठकले अनुमति दिइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...