सरकारको विरोध गर्दै कपिलबस्तुमा मनाइयो ईदुल फित्र

Edul news

कपिलवस्तु । सरकारले यो वर्षदेखि मुस्लिमहरुले मान्दै आएको पर्व ईदुल फित्र (ईद) को विदा कटौती गरेको छ । तैपनि यहाँका मुसलमानहरुले सरकारको कडा विरोध गर्दै भव्य रुपमा पर्व ईदुल फित्र (ईद) मनाएका छन् ।

नामाज पढ्न भेला भएका मुस्लिम अगुवाहरुले सरकारले ईदको विदा कटौती गरेकोमा आपत्ति जनाए । अन्य केही जिल्लामा सरकारले विदा कटौती गरेको विरोधमा कालो झण्डा राखेर ईदुल फित्र (ईद) मनाए पनि कपिलवस्तुमा सरकारको भद्र विरोध गर्दै ईदुल फित्र (ईद) मनाएका छन् ।

मुस्लिम अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै ईदुल फित्र (ईद) मनाएका हुन् । उनीहरुले सरकारले लिएको धर्मप्रतिको भेदभावको कडा शब्दमा विरोध जनाएका थिए ।

मुस्लिम समुदायका व्यक्तित्वहरुले कपिलवस्तुमा शनिवार सम्पूर्ण ईदगाहमा गई नमाज पढ्नुकासाथै एक आपसमा शुभकामना साटासाट गरे । ईदका दिन ब्रतालुहरु बिहानै नजिकको मस्जिद र ईदगाहमा गई सामूहिक रुपमा नमाज पढेर आफू वा आफ्नो परिवारबाट भएको सबै गल्तीको क्षमा याचना गर्दै अल्लाहसँग प्रार्थना (दुवा) गरेका थिए ।

ईदका दिन सेबई र अरु मिठो परिकारहरु खाने र खुवाउने चलन छ । करिव एक महिनाको कडा उपासनापछि शुक्रबार साँझ इदको चाँद हेरी आज नजिकको मस्जिद र ईदगाहमा पुगेर ईदको नमाज पढेका थिए । विश्वमा भइरहेको नरसंहर बन्द होस्, सबैमा मानवता आओ्स् भन्दै अल्लाहसँग दुवा मागेर इद पर्व मनाइएको छ ।

कपिलबस्तु क्षेत्र नं. २ का सांसद बृजेशकुमार गुप्ता, उपमेयर लक्ष्मी कसौधन, नेपाली काग्रेसका नेता सुधाकार पाण्डे लगायतले ईदुल फित्र (ईद) को शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...