यस्तो छ आजको विश्वकप फुटबल तालिका

World cup

काठमाडौं । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत आज तीनवटा खेल हुने भएका छन् । विश्वकपमा आज (आइतबार) समूह ‘ई’ को दुई र समूह ‘एफ’ को एक खेल हुँदैछ ।

आज हुने पहिलो खेलमा समूह ‘ई’ बाट कोष्टारिका र सर्बियाले प्रतिस्पर्धा गर्दै छन् । कोष्टारिका र सर्बियाको खेल नेपाली समय अनुसार समरा रंगशालामा साँझ ५ः४५ मा सुरु हुनेछ ।

समूह ‘ई’ कै अर्को खेलमा ब्राजिल र स्विजरल्याण्ड प्रतिस्पर्धा गर्दै छन् । रोस्तोभ एरिनामा हुने ब्राजिल र स्विजरल्याण्डबीचको खेल राति ११ः४५ मा सुरु हुनेछ ।

विश्वकप मै आज हुने दोस्रो खेलमा भने साबिकको बिजेता जर्मनी र मेक्सिको भिड्दै छन् । समूह ‘एफ’ का यी दुई टोलीको खेल नेपाली समय अनुसार राति ८ः ४५ मा सुरु हुनेछ । यो खेल लुजिनिकी रंगशालामा हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...