मेस्सीको पेनाल्टी मिस, अर्जेन्टिना बराबरीमा रोकियो

Messy

काठमाडौं । स्ट्राइकर लिओनल मेस्सी पेनाल्टीमा चुक्दा आइसल्याण्डले विश्वकपको डेब्यू खेलमै अर्जेन्टिनालाई बराबरीमा रोकेको छ ।

शनिबार भएको समूह डीको पहिलो खेलमा विश्वकपको उपाधी दाबेदार मानिएको साबिक उपविजेता अर्जेन्टिनालाई आइसल्याण्डले १—१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । १९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरेका थिए । तर, चार मिनेटपछि नै आइसल्याण्डले बराबरी गोल फर्काएको थियो । अल्फ्रेड फिनबोगसन विश्वकपमा गोल गर्ने पहिलो आइसल्याण्डका फुटबलर बनेका छन् ।

त्यस्तै खेलको दोस्रो हाफमा आइसल्यान्डमाथी निरन्तर दबाब कायम गरेपनि अर्जेन्टिनाले थप गोल गर्न सकेन। उसले पेनाल्टी मार्फत पाएको मौकालाई समेत सदुपयोग गर्न सकेनन्।

 दोस्रो हाफमा सर्जिओ एग्युरोलाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर, मेस्सी गोल गर्न चुकेका छन् । पाँच पटकका बालोन डि’ओर विजेता मेस्सीको पेनाल्टीलाई हृयाण्ड्स हालडोसनले सहजै रोकिदिए।

आइसल्याण्ड त्यही टिम हो, जसले दुई वर्ष अघि युरो कपमा पोर्चुगललाई पनि १-१ को बराबरीमा रोकेको थियो । विश्वकपमा डेब्यू गर्दा पनि आइसल्याण्डले आफ्नो पुरानै शैलीको खेललाई निरन्तरता दिएको छ ।

अब अर्जेन्टिनाले क्रोएसिया र नाइजेरियासँग खेल्नु पर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...