वडाध्यक्षलाई भोट नदिँदा दलितको बृद्धभत्ता नै गायव !

Bridh vatta rok

कञ्चनकपुर । कतै जनप्रतिनिधि विजुली चोरेको आरोपमा पक्राउ पर्छन् । कतैका जनप्रतिनिधि भने आफुलाई भोट नदिएको वहानमा बृद्धबृद्धाले पाउँदै आएको वृद्ध भत्ता नै रोक्छन् । यस्तो हुँदा जनप्रतिनिधिको कसरी विश्वास गर्न सकिएला र ?

कञ्चनपुरको कृष्णपुर नगरपालिका –१, बण्डकी ७४ वर्षीया किथ्थी लुहारले ०६५ बाट बृद्ध भत्ता पाउँदै आएकी थिइन् । तर, उनले झण्डै एक वर्षदेखि नै पाएकी छैनन् । उनले त्यसरी बृद्ध भत्ता नपाउनुको एउटै मात्र कारण भनेको वडाध्यक्षलाई भोट नदिनु ।

उनले २०७४ असार २० मा भत्ता पाए पनि त्यसपछिका २ चौमासिकको ८ हजार रकम पाएकी छैनन् । उनले आफुले किन बृद्धभत्ता पाइनन् भन्ने अहिलेसम्म भेउ पाएकी छैनन् । उनले वडाध्यक्षले आफुलाई भोट नदिएको भन्दै भत्ता रोकेको सुनेकी मात्रै छन् ।

वडाध्यक्ष मोहन बस्नेतले चुनावका बेला भोट नदिएको भन्दै बृद्ध भत्ता रोकेको आरोप लुहारको छ । त्यति मात्रै होइन, वडाध्यक्ष बस्नेतले कृष्णपुर नगरपालिका –१, बण्डका केही दलित परिवारले चुनावका बेला भोट नदिएको आरोपमा बृद्धभत्ता रोकेको बताइएको छ ।

बण्डकी कै घुइरे पार्कीले पनि बृद्धभत्ता नपाएको त्यति नै भयो, जुनबेला वडाध्यक्ष बस्नेत बने । बसनेतले पहिले नै आफुलाई भोट नदिए बृद्ध भत्ता नदिने धम्की दिएको घुइरे पार्कीकी श्रीमती कमला पार्की बताउँछिन् ।

वडा कार्यालयले सामाजिक सुरक्षाका नाममा वितरण गर्ने बृद्धभत्ता वडाभित्रका सबै बृद्धबृद्धालाई अहिलेसम्मकै वितरण गरिसकेको छ । सोही वडाका दलित परिवारले भने अहिलेसम्म पाएका छैनन् ।

दलित परिवारलाई वृद्धभत्ता रोकिएकोमा कतै विरोध नभएको पनि होइन । ३० चैत २०७४ मा केहि दलित समुदायका ज्येष्ठ नागरिकलाई भत्ता नदिएपछि कृष्णपुर नगरपालिकाका मेयरका उम्मेद्वारसमेत रहेका हरी टमटा लगायतले भत्ता बितरण स्थलमै बिरोध जनाए । त्यसरी विरोध जनाउँदा उनीहरु प्रहरीको फन्दामा परेका थिए । उनीविरुद्ध सार्वजनिक मुद्धा चरिहेको छ । उनी हिरासतमै छन् ।

टमटाले वडाध्यक्षमाथि हातपात गरेको र सरकारी कागजात च्यात्न खोजेको आरोपमा ईलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिई सार्वजनिक मुद्धा चलाएको हो ।

यता, वडाध्यक्ष बस्नेतले वडा कार्यालयबाट नगरपालिकामा नाम सिफारिस गरिसकेको बताएका छन् । ‘भत्ता नपाएकाहरुका विषयमा छलफल सुरु भइसकेको छ’ उनले भने, ‘छुटेकाहरुको भत्ता मिलिहाल्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...