विश्व कपमा रोबोट बेश्यालय, खेलाडीलाई सेक्स : कहीँ छुट, कहीँ प्रतिबन्ध

खेलाडीहरुले खेल्नुअघि हस्तमैथुन गर्न सेक्स थेरापिस्टको सुझाव

World cup

काठमाडौ‌ । विश्वकप फुटबलको पूर्व सन्ध्यामा रसियाको मस्कोस्थित द डल्स होटलले पहिलो रोबोट ब्रोथले सार्वजनिक ग-यो।

विश्वकप हेर्न आउने दर्शकलाई लक्षित गरेर निर्माण गरिएको वेश्यालयमा रोबोटका लालिता, सासा र इसिलेल गरी तीन भेराइटी उपलव्ध छन् ।

ग्राहकले उक्त डलका लागि प्रतिघण्टा करिब ८ हजार ७ सय रुपैयाँ तिर्नुपर्नेछ । यद्यपी रसियाका युवतीहरु सुन्दर हुन्छन् र उनीहरुसँग सम्बन्ध राख्न पाए आफूलाई भाग्मानी मान्नेहरु संसारमा धेरै छन् ।

एकपटक रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले रसियन बेश्यालयमा काम गर्ने युवतीलाई विश्वकै सर्वाधिक राम्रा भनेका थिए । पनामाका कोच हर्नान डारियो गोमेजले खेलको समयमा श्रीमती र गर्लफ्रेन्डप्रति हेर्न समेत प्रतिबन्ध लगाएका छन् ।

ब्राजिलियन खेलाडीहरुलाई भने विश्कप अवधिभरी सेक्समा प्रतिवन्ध लगाइने छैन। ब्राजिलका पहिलेका खेलाडीले पनि सेक्सका कारण खेलमा असर नपर्ने बरु राम्रो हुने बताउँदै आएका छन् ।

रोनाल्डोले खेलभन्दा पहिला राखिएको यौन सम्बन्ध सफलताको सुत्र हुने बताएका छन् । तर जर्मनका प्रशिक्षक जोआकिम लोले आफ्ना खेलाडीलाई यौन सम्बन्ध नराख्न भनेका छन् ।

पोर्चुगलका गोलकिपर रुई प्याट्रिसियोकी श्रीमती तथा सेक्स थेरापिस्ट डा. भेरा रिबेइरोले खेल्नुअघि खेलाडीहरुलाई हस्तमैथुन गर्न सुझाब दिएकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...