जोली अमात्य मिस नेपाल नर्थ अमेरिकाको सहल्लाहकार नियुक्त

Joli amaty

वाशिंगटन डीसी । आगामी अगस्ट ११ तारिखमा हुने प्रथम मिस नेपाल नर्थ अमेरिकाको सल्लाहकारमा सयुक्त राष्ट्रसंघ यूवा सम्मेलनकी अध्यक्ष जोली अमात्य नियुक्त भएकी छन् ।

राष्ट्र संघको इतिहासमै नेपाली समुदायको प्रतिनिधित्व गर्दै युवा अध्यक्ष पदमा पुग्ने पहिलो नेपाली बन्न सफल बनेकी जोली अमात्यलाई आयोजक समितिले सल्लाहकारमा नियुक्त गरेको हो ।

आफूलाई समय व्यवस्थापन गर्न गाह्रो भए पनि मिस नेपाल नर्थ अमेरिका दिर्घकालीन परियोजना रहेकोले समितिको सल्लाहकारमा रहेर काम गर्ने निर्णय गरेको उनले बताइन् । उनले समितिमा काम गर्ने व्यक्तित्वहरु सकारात्मक र नयाँ कार्य गर्ने र परिणाममुखी देखेकोले यस समितिमा आफु जोडिन पुगेको बताइन् ।

उनले आफूले जानेको केही अनुभव ,ज्ञान ,सल्लाह तथा भित्रि ईच्छा पनि भएकोले स्वतः स्फूर्त रुपमा काम गर्न इच्छा जागेकोले सल्लाहकारमा बस्ने निधो गरेको बताईन । अमात्यले सहभागीहरुलाई प्रशिक्षण र आफुले जानेका अनुभवहरु हिस्सा समेत गर्ने भएकी छिन् ।

जोलीले विश्व भरका तमाम यूवा वर्गको प्रतिनिधित्व गर्दै राष्ट्रसंघ यूवा सम्मेलनलाई सम्बोधन गरि सकेकी छिन् । जोलीले मिस नेपाल नर्थ अमेरिका टोलीले महिला सशक्तिकरण र लिङ्ग असमानताको मुद्दालाई मुख्य रुपमा प्रकाश पार्ने भएकोले आफू एक महिला पनि भएकोले अझ केहि गर्न सकिन्छ भन्ने हेतुले आफू आकर्षित भएको बताइन ।

उनले अगाडी भनिन राष्ट्र संघमा पनि महिला सशक्तिकरण र लिङ्ग असमानता कुराहरु प्रसस्त चल्ने हुनाले यो आफ्नो लागि स्वर्ण मौका हो भनि मिस नेपाल नर्थ अमेरिकाको समूहमा आबद्ध भएको जानकारी गराएकी छिन् ।

अमात्य राष्ट्र संघबाहेक उत्कृष्ट कार्यक्रम संचालकसमेत हुन् । उनले पटक पटक बिशेष कार्यक्रमहरु उद्घोष गर्ने गरेकी छिन् । न्युयोर्कको प्रसिद्ध कार्यक्रम स्थल मेलरोज बलरुममा मिस नेपाल नर्थ अमेरिका कार्यक्रम अगस्त ११ तारिख हुने छ ।

संस्थाका शैलेश श्रेष्ठका अनुसार आगामी शनिबार १६ तारिखदेखि धमाधम अडिसन लिने जानकारी गराएका छन् । अहिलेसम्म ३ दर्जनको निबेदन आएको र अझ यो क्रम बढ्ने श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस