स्पेन भर्सेस पोर्चुगल : कसले मार्ला बाजी ? हेर्नुस् भिडियो

Ronaldo

एजेन्सी । विश्वकपमा समूह ‘बी’ अन्तर्गत दोस्रो खेल स्पेन र पोर्चुगलबीच सुरु भएको छ । खेलको प्रारम्भमै दुबै टीम निक्कै आक्रामक देखिएका छन् ।

अहिलेको युरोपियन विजेता पोर्चुगल र सन् २००८ देखि २०१२ सम्म विश्व फुटबलमा उत्कृष्ट सावित भएको स्पेनको खेल समूह चरणको सबैभन्दा रोमाञ्चक खेल हुनेछ । स्पेनले २००८ र २०१२ मा युरो कप साथै २०१० मा विश्वकप जितेको थियो । स्पेन पछिल्ला २० खेलमा अपराजित रहेको छ ।
सबै खेलाडी उस्तै रहेको स्पेनिस टिमका लागि पोर्चुगलका क्रिष्टियानो रोनाल्डोलाई रोक्ने प्रमुख चुनौती रहने छ । पोर्चुगल लगातार युरोकप र विश्वकप जितेर जर्मनी, फ्रान्स र स्पेनको बराबरीमा पुग्न चाहन्छ ।

Video

प्रतिकृया दिनुहोस