महिला नेतृत्व विकास तालिम सम्पन्न

Mahila talim

डडेलधुरा । डडेलधुराको नवदुर्गा गाउँपालिका –३ मा महिला नेतृत्व विकाससम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।

महिला शक्ति विकास केन्द्र नेपालको आयोजनामा भएको विहीबार र शुक्रबार भएको सो तालिममा जिल्लाका विभिन्न १० वटा समुहका महिला सदस्यहरु सहभागी भएका थिए ।

नवदुर्गा गाउँपालिकाको सहयोगमा सञ्चालन भएको सो तालिममा महिलाहरुको नेतृत्व विकास, नेतामा हुनुपर्ने गुण लगायतका विषयमा प्रशिषण दिइएको थियो ।

नवदुर्गा गाउँपालिकाकी सदस्य कलावती साउँथले उद्घाटन गरेको सो तालिम समापनमा महिला शक्ति विकास केन्द्र नेपालका क्षेत्रीय संयोजक तारा खातीले महिलाहरुको नेतृत्व विकास भए मात्र समाज परिवर्तन हुने बताए । उनले सफल महिला बन्न सफल नेतृत्व आवश्यक रहेकोमा जोड दिए ।

सो तालिममा रामचन्द्र जोशी, तारा खाती, गाउँपालिकाका सुचना अधिकारी करणाकर भट्ट, पत्रकार किरन थापा लगायतले महिला हिंसा अन्त्य गर्न, महिला अधिकारको रक्षा र समाजलाई सही बाटोमा डोहो¥याउन महिलाहरु सक्षम बन्नुपर्ने कुरामा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस