इजिप्ट र उरुग्वेबीच प्रतिस्पर्धा, इजिप्टका स्टार खेलाडी मोहमद परेनन् टीममा

Khel suru

एजेन्सी । २०१८ फिफा विश्वकपको समूह ‘ए’ को दोस्रो खेलमा इजिप्ट र उरुग्वेबीच प्रतिस्पर्धा भइरहेको छ ।

निक्कै प्रतिष्पर्धात्मक खेलमा दुबै टीमले गोलको प्रयास गरिरहेका छन् । दुवै टिमलाई समूहबाट दोस्रो चरणमा पुग्ने दाबेदार टिमको रुपमा लिइएको छ ।

खेल निकै प्रतिस्पर्धात्मक बनिरहेको छ । दुवै टोली गोलका लागि भोकाएका देखिन्छन् । खेल निक्कै रोचक बन्दै गएको छ । अहिलेसम्म उरुग्वेका खेलाडी लुइस स्वारेजले पोष्ट बाहिर प्रहार गरेर दर्शकलाई खल्लो बनाएका छन् ।

इजिप्टको तुलनामा उरुग्वे निकै बलियो टोली हो । तर, इजिप्टका मोहमद सलाह टोलीमा छैनन् । झण्डै तीन दशकपछि विश्वकपमा फर्किएको इजिप्टले पहिलो खेललाई ठूलो महत्व दिएको छ ।

इजिप्टका स्टार खेलाडी मोहमद सलाह पहिलो रोजाइको टिममा पर्न सकेनन् । यसअघि प्रशिक्षक हेक्टर कुपरले सलाह शतप्रतिशत फिट भएको दाबी गरेका थिए ।

दुई पटकको विश्व विजेता उरुग्वेका लागि पहिलो खेलमै इजिप्टसँग खेल्नु चुनौतीपूर्ण देखिन्छ । पछिल्ला २ विश्वकपमा राम्रो प्रदर्शन गरेको उरुग्वे धेरै आशा गरेको इजिप्टमाथि हाबी हुन चाहन्छ ।

सन् १९७० पछिको विश्वकपको पहिलो खेलमा उरुग्वेले जित निकाल्न सकेको छैन । पछिल्लो ४८ वर्षमा उरुग्वेले विश्वकपमा खेलेका पहिलो ६ खेलमा ३ खेलमा बराबरी र ३ खेलमा हार बेहोरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...