अविवाहित रोनाल्डो चार सन्तानका बाबु

Cristiano ronaldo

काठमाडौं । यतिबेला रसियामा फुटबलको महाकुम्भ भइरहेको छ । रसिया कुम्भ मेलामा जति खेलको चर्चा भइरहेको छ, त्यति नै फुटवलसँग जोडिएका खेलाडिको चर्चा भइरहेको छ ।

चर्चित खेलाडी हुन् क्रिस्टियानो रोनाल्डो । उनी अविवाहित हुन् । तर उनी अविवाहित भए पनि उनको ४ वटा सन्तान छन् । जसको अहिले चर्चाको विषय पनि बनेको छ ।

विश्वकपमो यात्रा तय गरेपछि रोनाल्डोले पेरिस हिल्टन, किम कार्डियासियन, इरिना स्याक, पउला सुवारेज लगायतका विश्वका अति नै सुन्दर र चर्चित महिलासँग प्रेमसम्बन्ध गाँस्न पुगे । तर उनले औपचारिक रूपमा यी कुनै पनि युवतीलाई विवाह गरेका छैनन् ।

हिल्टनसँग सम्बन्धमै रहेका बेलामा एक दिन रोनाल्डो साथीहरूसँग एक अमेरिकी रेस्टुरेन्टमा खान गए । उनलाई सोही रेस्टुरेन्टको एक वेट्रेस मन परेपछि उनीसँगै रात बिताए । ती वेट्रेस गर्भवती भइन् । रोनाल्डोले आफ्नो बच्चालाई उनको परिवारमा लगुन् भन्ने उनको चाहना थियो ।

उनले ती महिलालाई एक करोड ५० लाख डलर दिए । सन् २०१० मा जन्मिएका उनको छोरा १८ वर्षको भएपछि मात्रै रोनाल्डोले आफ्ना छोरालाई उनकी आमाको बारेमा बताउने सर्त राखेका छन् ।

रियल म्याड्रिडका यी खेलाडीले अमेरिकामा एक सरोगेट आमाबाट पनि इभा नाम गरेकी एक छोरी र मटियो नाम गरेका एक छोरा जन्माइसकेका छन् ।

रोनाल्डोकी प्रेमिका जोर्जिना रोड्रिगियुजले अलाना मार्टिन नाम गरेकी एक छोरीलाई गत वर्षको नोभेम्बरमा जन्म दिएकी छन् । यसरी दुई छोरा र दुई छोरीका बाबु रोनाल्डो अझैं अविवाहित छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...