फुटवलको महाकुम्भ मेलाको भब्य उद्घाटन

Wordcup udghatan

काठमाडौं । २१ औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको बिहीबार भव्य उद्घाटन भएको छ । उद्घाटनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित विश्वभरका उच्चस्तरीय सरकारी प्रतिनिधिको सहभागिता थियो ।

रुसको मस्कोमा रहेको लुझ्निकी रंगशालामा विभिन्न सांगीतिक कार्यक्रम र आतिसवाजीका साथ २१ औं संस्करणको विश्वकपको भव्य उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा गायक रोबी विलियम्सले विशेष प्रस्तुति दिएका थिए ।

अहिले केहीबेरमा सुरु हुने उद्घाटन खेल आयोजक रुस र साउदी अरेबिया हुँदैछ । प्रतियोगितामा सहभागी ३२ देशलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता अन्तिम १६ मा प्रवेश गर्नेछन् । मस्कोका २ सहित अरु १० शहरका १२ रंगशालामा विश्वकप फुटबलका खेल हुनेछन् । यी १२ रंगशालाहरु १८ सय माइलको दूरीमा छन् ।

यसपटकको विश्वकपमा फुटवल इतिहासमै पहिलोपटक भिडियो एसिस्टेण्ट रेफ्रि अर्थात भीएआरको प्रयोग हुँदैछ । मैदानमा रहेका निर्णायकले नदेखेका वा विवाद भएका कुरामा भिडियो फुटेज हेरेर यथार्थ पत्ता लगाइने प्रविधि नै भीएआर हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...