सेतो विरालोको भविश्यबाणी : रसियाले खेल जित्छ (हेर्नुस् भिडियो)

Seto biralo wordcup

काठमाडौं । आज एक भब्य समारोहका बीच फुटवल खेलको महाकुम्भ सुरु हुँदैछ । महाकुम्भ सुरु हुन केहीबेर बाँकी रहँदा विश्वभर सेतो विरालोको चर्चा उत्तिकै चुलिएको छ ।

जन्मदैँ बहिरो रहेको उक्त सेतो बिरालोले महाकुम्भको उद्घाटन खेलमा आयोजक राष्ट्र रसियाले जित्ने भविश्यबाणी गरेको छ । योसँगै रसियालीहरु खुसी मनाउन थालेका छन् ।

विश्वकपको पहिलो खेलबारे अकिलिस नामको रुसी सेतो बिरालोले गरेको भविश्यबाणीमा पहिलो दिनको खेलमा रसियाले जित्ने उल्लेख छ । सेतो विरालोको विश्वास गर्ने हो भने आयोजक देश रसियाले साउदी अरेबियालाई पराजित गर्नेछ ।

सेतो विरालोको भविश्यबाणी कसरी गरियो त ? धेरैलाई चासो हुन सक्छ । भविष्यवाणीपूर्व बिरालोलाई दुई वटा प्लेटमा मनपर्ने खानेकुरा दिइएको थियो । एउटा प्लेटमा रसियाको झण्डासँगै खानेकुरा र अर्को प्लेटमा साउदी अरेबियाको झण्डासँगै खानेकुरा राखिएको थियो ।

टेबलमा राखिएको उक्त खानेकुरा अकिलिसले दुवै तर्फको प्लेट एकछिन हेरेर अन्त्यमा रुसी झण्डासँगैको प्लेटमा रहेको खानेकुरा खाएको थियो । अकिलिस मानिससँगको सामिप्यका लागि जानिन्छ । उसको भविष्यवाणी क्षमतालाई तिखारेको देखिन्छ । एजेन्सीको सहयोगमा

Video

प्रतिकृया दिनुहोस