आजदेखि रसियामा फुटबलको महाकुम्भ सुरु हुँदै

World cup

काठमाडौं । विश्व फुटबलको महाकुम्भ आजदेखि रसियाको मस्कोमा सुरु हुँदैछ । उद्घाटन खेल आज नेपाली समयअनुसार ८.४५ मा आयोजक राष्ट्र रसिया र एसियाली राष्ट्र साउदी अरेबियाबीच हुँदैछ ।

रसियाका विभिन्न ११ सहरका १२ वटा रंगशालामा खेलाइनेछ । प्रतियोगितामा सहभागी हुन ३२ वटै टोलीका खेलाडी र खेल पदाधिकारी रसिया पुगिसकेका छन् । सहभागी देशले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

बेलायती फुटबल क्लबहरूबाट व्यावसायिक फुटबल खेल्ने १ सय ३२ जना खेलाडी आ–आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दै विश्वकपमा सहभागी हुँदैछन् । विश्वकप २१औं संस्करणमा आइपुग्दा जम्मा ८ देशले मात्र उपाधि जितेका छन् ।

विश्वकपमा ७ सय ३६ जना खेलाडी सहभागी हुँदैछन् । तीमध्ये युरोपेली फुटबल क्लबहरूबाट व्यावसायिक फुटबल खेल्ने खेलाडी ५ सय ४४ जना छन् ।

यो संस्करणमा सर्वाधिक पाँच पटकको विजेता ब्राजिल, साविक विजेता जर्मनी, स्पेन, फ्रान्स, अर्जेन्टिना र इङ्ल्यान्डलाई उपाधिको प्रमुख दावेदार मानिएको छ ।

चर्चा पुरस्कारको
विश्वकपको उपाधि होडसँगै पुरस्कार राशिको चर्चासमेत चुलिएको छ । ४० करोड अमेरिकी डलर पुरस्कार रहेकामा विजेताले ३ करोड ८० लाख डलर (करिब ४ अर्ब नेपाली रुपैयाँ) पाउनेछ भने उपविजेताले २ करोड ८० लाख अमेरिकी डलर हात पार्नेछ ।

त्यसैगरी तेस्रो हुनेले २ करोड ४० लाख र चौथो हुनेले २ करोड २० लाख अमेरिकी डलर पाउनेछन् । अन्तिम ८ मा पराजित हुने ४ टोली प्रत्येकले १ करोड ६० लाख डलर पाउने छन् ।

त्यति मात्रै होइन,, अन्तिम १६ मा पराजित हुने ८ टोली प्रत्येकले १ करोड २० लाख र समूहगत चरणमै रोकिने प्रत्येक टोलीले ८०÷८० लाख अमेरिकी डलर पाउने छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...