विशेष कानुन बनाएर पिछडिएका समूदायको संरक्षणः कानुनविद् दाहाल

Kanuna bid

काठमाडौं । कानुनविद् डा. काशिराज दाहालले आदिवासी, जनजातीलगायतका पिछडिएका समूदायको सशक्तिकरणका लागि संवैधानिक व्यवस्था अनुसार विशेष कानुन बनाउनुपर्ने बताएका छन् ।

उनले संविधानको धारा १८ मा पिछडिएका समूदायका लागि विशेष कानुन बनाउने व्यवस्था गरिएको उल्लेख गर्दै त्यसमा ढिलाई गर्ने छुट सरकारलाई नरहेको पनि स्पष्ट पारे ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सामाजिक विभेद अन्त्यका लागि संविधानमै कमजोर समुदायलाई अघि बढाउने व्यवस्था गरिएको पनि स्मरण गराए । कानुनविद् दाहालले पिछडिएका समूदायलाई समान अवसर प्रदान गर्न पनि राज्यले विशेष संरक्षणको नीति लिनुपर्ने तर्क गरे ।

कानुन्विद् दाहालले राज्यका निकायमा सबै समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न पनि आवश्यक कानुन तर्जुमा गर्न सरकारको गम्भिर ध्यानकर्षण गराए ।

उनले सबै समुदायको राज्यमा समानुपातिक प्रतिनिधित्व, पहुँच र पहिचान नभएकै कारण विगतमा नेपाल पनि द्धन्द्धमा फस्न पुगेको यथार्थ भुल्न नहुने स्मरण गराए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...