अखिल(छैठौं) द्वारा बोक्सी आरोपमा कुटिएकी राधा सम्मानित

6a

धनगढी । अ.ने.रा.स्व.वि.यू.(छैठौं)ले कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलियाकी बोक्सी आरोपमा कुटिएकी राधा चौधरी सम्मान गरेको छ । अखिल (छैठौं) ले सञ्चालन गरेको साताब्यापी अन्धविश्वास विरुद्धको सचेतना कार्यक्रममा मंगलबार उनलाई सम्मानित गरिएको हो ।

संगठनका केन्द्रीय सचिव महेशराज जोशी, केन्द्रीय सदस्य उमेश कँडेल र कैलाली जिल्ला अध्यक्ष हेमराज भट्टले खादा ओढाएर राधालाई सम्मान गरे ।

गत फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसका दिन आफूलाई भोले बाबा बताउने रामबहादुर चौधरीले राधालाई बोक्सी आरोपमा गाउँलेहरुको अगाडी ६ घण्टासम्म कुटपिट गरेका थिए ।

राधालाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई प्रहरीले पक्राउ गरि मुद्दा दर्ता गरेको थियो। रामबहादुर र उनका सहयोगीहरु अहिले जेलमा छन् ।

अहिलेको २१औं शताब्दीमा समेत मानिसहरुमा रहेको बोक्सीप्रतिको अन्धविश्वास, छोईछिटो, छाउपडी जस्ता कुप्रथाका विरुद्ध जनचेतना जगाउन अभियान सञ्चालन गरिरहेको अखिल(छैंठौं)का पूर्व उपाध्यक्ष लक्षीराम आचार्यले बताए ।

प्रतिकृया दिनुहोस