खेल रुसमा, प्रतिबन्ध नेपालमा !

World cup fifa

काठमाडौं । फुटवल खेलको महाकुम्भ भनिने विश्वकप आगामी विहीबार रुसमा हुँदैछ । रुसमा हुने खेलको प्रभाव नेपालमा पर्नु अस्वभाविक पनि होइन । तर, त्यसले ठूला दुर्घटना पनि निम्त्याउन सक्छ ।

खेल हेरिरहेका बेला वा आफ्ना समर्थकले जितेको बेला सामान्यतय समर्थकहरुले हुटिङ गर्ने गरेका छन् । तर, काठमाडौंमा यो पटक अनावश्यक होहल्ला गर्न नपाइने भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले विश्वकप फुटबल हेर्दा होहल्ला गरे कडा कारबाही गर्ने भएको छ । यसले विश्वकपमा सहभागी खेलाडी राष्ट्र समर्थक नेपालीलाई समस्या पर्ने भएको छ ।

जिल्ला प्रशासनले सोमबार विश्वकपसम्बन्धि सूचना जारी गरी छिमेकीलाई बाधा पुग्ने गरी होहल्ला गर्न नपाइने उल्लेख गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुचना प्रकाशित गरी प्रबेश शुल्क लिएर विश्वकप देखाउन नपाइने जनाएका छन् ।

सो सुचनामा सार्वजनिक स्थानमा मदिरा पिएर विश्वकप हेर्न नपाइने, बाजी राख्न नपाइने, शान्ति सुरक्षामा खलल पार्न नपाइने उल्लेख गरिएको छ ।

यस्तो जिल्ला प्रशासनको सुचना

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...