वडा सदस्य सार्की हत्याको छानविन गर्न समिति गठन

Muna sarki n

काठमाडौं । सरकारले कालिकोट नरहरिनाथ गाउँपालिका वडा नं ९ की महिला वडा सदस्य मुना सार्कीको हत्याराबारे छानविन गर्न छानविन समिति बनाएको छ ।
गृहमन्त्री रामबहादुर थापाले हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कार्वाही गर्न विशेष छानवीन समिति गठन गरिएको जानकारी दिएका हुन् ।

राष्ट्रियसभाको आईतबारको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री थापाले महिला वडा सदस्य सार्कीको हत्यालगायत महिला हिंसा हुन नदिन सरकारले विशेष अभियान नै संचालन गरिरहेको पनि स्पष्ट पारे ।

राष्ट्रियसभाका सांसदहरुले महिला वडा सदस्य सार्कीको हत्यारालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए ।
एमालेबाट वडा सदस्यमा निर्वाचित मुनालाई यही जेठ १९ गते स्थानीयको कुटपिटका कारण मृत्यु भएको थियो ।

गृहमन्त्री थापाले हत्या, महिला हिंसालगायतका घटना हुन नदिन सरकार सचेत रहेको पनि स्पष्ट पारे । उनले सरकार अपराध नियन्त्रण, लागू औषध दुव्र्यसनीलाई निष्तेज पार्न लागि परेको पनि उनले बताए ।

प्रतिकृया दिनुहोस