कालको मुखबाट बचेर साउदीबाट फर्किए थानेश्वर

Thaneshwor

काठमाडौं । ६ वर्षदेखि साउदी अरबको जेद्दास्थित धावन जेलमा रहेका मध्यविन्दु–४, नवलपरासीका ३५ वर्षीय थानेश्वर भुसाल शुक्रबार राति स्वदेश आइपुगेका छन् ।

साउदी अदालतले माग गरेको एक लाख ५० हजार रियाल (४० लाख ९८ हजार रुपैयाँ) ब्लडमनी बुझाएपछि उनी जेलबाट मुक्त भई स्वदेश फर्केका हुन् ।

भुसालको उद्धारका लागि प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले २५ लाख ४८ हजार र गैरआवासीय नेपाली संघले १५ लाख ५० हजार गरी ४० लाख ९८ हजार रुपैयाँ परराष्ट्र मन्त्रालयलाई बुझाएको थियो ।

पीएनसीसीले चन्दा संकलन गरी रकम जुटाएको थियो ।

भुसाल ब्लडमनी तिर्न नसक्दा ६ फेब्रुअरी २०१४ देखि जेलमा थिए । २७ सेप्टेम्बर २०११ मा इनोभेटिक म्यानपावरबाट साउदी अरब गएका उनी साउदीमा गाडी चलाउँथे ।

५ जुन २०१२ मा उनी गाडीसहित सडकमा थिए । ‘रोकिराखेको गाडीलाई पछाडिबाट एक भारतीय चालकले चलाएको गाडीले ठक्कर दियो’, थानेश्वर भन्छन्, ‘मेरो गाडी हुत्तिएर अगाडि रोकिराखेको अर्को गाडीलाई ठक्कर दिन पुग्यो ।

त्यो दुर्घटनामा ठक्कर दिने भारतीय चालक इशम साहिब र ठक्कर खाने गाडीका चालक साउदी नागरिक रद जमान अलजदानी दुवैको ज्यान गयो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...