जेष्ठ नागरिक मनोरञ्जन केन्द्र निर्माण

Jestha nagarik manoranjan kendra

काठमाडौं । काठमाडौ महानगरपालिकाको वडा नं १८ ले जेष्ठ नागरिक मनोरञ्जन सेवा केन्द्र निर्माण गरेको छ ।कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शनिबार जेष्ठ नागरिक मनोरञ्जन केन्द्रको उद्ध्घाटन गरे ।

त्यस अवशरमा प्रमुख शाक्यले लामो समय जनप्रतिनिधिविहीनताको अवस्थाले सिर्जना भएको अभाव पूरा गर्न समय लाग्ने भन्दै कामलाई प्राथमिकतामा राखेर आफूहरु नागरिकको समस्या समाधान गर्नेतिर लागिरहेको बताए ।

काठमाडौँ क्षेत्र नं ७ का संघीय संसद् सदस्य रामवीर मानन्धरले, जेष्ठ नागरिक सम्मान, विगतमा भएको राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि भएको भन्दै अहिले नागरिकले स्थानीय सरकारको उपस्थिति महसुस गर्न थालेको बताए।

वडामा भएका ६० वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकलाई लक्षित गरी जेष्ठ नागरिक मनोरञ्जन सेवा केन्द्र स्थापना गरिएको हो ।

सेवा केन्द्रमा अहिले हार्मोनियम, तबला, पछिमा, बाँसुरी, मादलजस्ता वाद्ययन्त्र राखिएका छन्। यस कामका लागि वडाले रु दुई लाख खर्च गरिसकेको छ । वडामा ६० वर्ष उमेर पूरा भएका करीब ७०० जना नागरिक छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...