विश्वकप : एउटै खेलमा १२ गोल ! आयोजकले खायो गोलै गोल

World cup fifa

काठमाडौं । सन् १९५४ को विश्वकप स्विट्जरल्यान्डमा आयोजना भएको थियो । सो विश्वकपमा बनेको एउटा कीर्तिमान अहिलेसम्म पनि कायमै छ ।
सो विश्वकपको एउटा खेलमा दुवै टोलीको तर्फबाट कुल १२ गोल भएको थियो । विश्वकपको इतिहासमा हालसम्म एउटै खेलको नियमित समयमा भएको यो नै सर्वाधिक गोल हो ।

संयोग नै मान्नुपर्छ, यस्तो खराब कीर्तिमानसँग जोडिने एउटा टोली आयोजक स्विट्जरल्यान्ड नै थियो । जुन २६ तारिखमा आयोजक स्विट्जरल्यान्ड र अस्ट्रियाबीच क्वार्टरफाइनल खेल भएको थियो । सो खेलमा स्विट्जरल्यान्डलाई ७–५ गोलले हराउँदै अस्ट्रिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो ।

सो खेलमा अस्ट्रियाका थियोडर वाग्नरले ह्याट्रिक (२५औं, २७औं र ५३औं मिनेट) गरेका थिए भने अल्फ्रेड कोर्नरले दुई (२६औं र ३४औं मिनेट) गोल थपेका थिए । अस्ट्रेलियाका लागि अर्नेष्ट ओकर्विक (३२औं मिनेट) र एरिक प्रोबेस्ट (७६औं मिनेट) ले पनि एक/एक गोल गरेका थिए ।
यसैगरी स्विट्जरल्यान्डका लागि पनि सेप ह्युगीले ह्याट्रिक (१७औं, १९औं र ६०औं मिनेट) र रोबर्ट बलम्यानले दुई (१६औं र ३९औं मिनेट) गोल गरेका थिए ।

यसरी दुवै टोलीको तर्फबाट नियमित समयमै कुल १२ गोल भएपछि उक्त खेल कीर्तिमानी बन्न पुगेको थियो । सो विश्वकपको उपाधि भने तत्कालीन पश्चिम जर्मनीले जितेको थियो ।

फाइनलमा पश्चिम जर्मनीले हंगेरीलाई ३–२ गोलले हराएको थियो । सो विश्वकपमा हंगेरीले कीर्तिमानी रूपमा २७ गोल गरेको थियो । हालसम्म एउटै विश्वकपमा कुनै पनि टोलीले २७ गोल गर्न सकेको छैन । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...