इन्दिरा जोशीको ‘रेलीमाइ’ मा आर्जनको साथ

Indira 1

काठमाडौं । गायिका इन्दिरा जोशी ‘रेलीमाइ’ बोलको गीत एवं भिडियो लिएर दर्शक तथा श्रोतामाझ आएकी छन् ।

‘रेलीमाइ’मा गायिका जोशीसँगै युवागायक आर्जन पाण्डेको पनि स्वर छ । सार्वजनिक गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत रहेको छ । रिकेश गुरुङ संगीत संयोजक रहेको यस भिडियोमा गायिका जोशी तथा गायक पाण्डेले नै अभिनय गरेका छन् ।

डान्स बीटको यस भिडियोमा गायिका जोशीको नृत्य समेत जमेको छ । भिडियोमा उनीहरुले प्रेमदेखि विवाहसम्म गरेका दृश्यलाई आकर्षकशैलीमा चित्रण गरिएको छ ।
‘रेलीमाइ’लाई हरि हुमागाइँले खिचिका हुन् भने निर्देशन प्रविण सिंहले गरेका हुन् ।

निशान घिमिरेले सम्पादन गरेको यस भिडियोमा श्याम लामा तथा सुमन लामाले कलाकारलाई सिँगार्ने काम गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस