बिदा माग्दै मुस्लिमहरु पुगे मुख्यमन्त्रीको ढोकासम्म

Muslim news

कपिलवस्तु । यतिबेला मुस्लिम समुदायले आफ्ना धार्मिक चाडहरु मनाइरहेका छन् । आजदेखि ईद इुदुलजोहा सुरु भएको छ ।

तर, सरकारले मुस्लिम समुदायले मनाउँदै आएका चाडमा दिइने विदा कटौती गरेमा प्रदेश नं. ५ का मुख्यमन्त्रीसँग आक्रोस पोखेका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारी मदन भुजेलमार्फत मुख्यमन्त्री शंकर पोख्रेल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी मुस्लिमहरुमाथि अन्याय नगर्न आग्रह गरेका छन् । 

उनीहरुले समुदायहरुको हइदुलफित्र (ईद), बकरईद इुदुलजोहा तथा मुहम्मद जयन्ती जस्ता पर्वलाई राष्ट्रिय बिदाका रुपमा मानी सार्वजानिक बिदा घोषणा गर्न माग पनि गरेका छन् ।

मुख्यमन्त्री पोख्रेललाई मुस्लिम समुदाय धार्मिक, सांस्कृतिक पहिचान बोकेका पर्वलाई राष्ट्रिय बिदाबाट हटाइएकोमा मुस्लिम समुदायको ध्यानाकर्षण गराइएको मुस्लिम अगुवा अधिबक्ता राउफ अहमद खाँले बताए ।

खाँले यस्ता धार्मिक गौरवको सन्देश दिने पर्वहरुका राष्ट्रिय सार्वजानिक बिदा कटौती गर्नु नेपाली मुस्लिम समुदायलाई दोस्रो दर्जाको रुपमा हेरिनु सरह रहेको बताए ।

नेपालमा ४.४ प्रतिशत मुस्लिम समुदाय छन् ।

प्रतिकृया दिनुहोस