पत्रकारको पारिश्रमिक जीविका चलाउन पुग्ने हुनुपर्छः पूर्व मन्त्री पाण्डे

Surendre pandey

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले जनतालाई सुसूचित बनाउने पत्रकारहरुले न्युनतम ज्याला पाउनै पर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘नयाँ बजेट र संचार क्षेत्र’ विषयक अन्तक्र्रिया कार्यक्रममा नेता पाण्डेले पत्रकारहरुलाई तोकिएको न्यूनतम पारिश्रमिक लागू गराउन सरकारको ध्यानाकर्षण गराए । नेपालको संचार क्षेत्रलाई मर्यादित बनाउन पनि पत्रकारहलाई न्यूनतम पारिश्रमिकको व्यवस्था गर्नुको विकल्प नरहेको पूर्व मन्त्री पाण्डेको भनाई छ ।

उनले पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गराउन बनाइएको ऐन कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । नेता पाण्डेले जनताको सही सूचना पाउने अधिकारलाई हनन् हुन नदिन पनि पत्रकारहरुले जीविका चलाउन पुग्ने पारिश्रमिक पाउनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस