दृष्टिविहीनहरुले प्रधानमन्त्रीलाई भने : कि बाच्ने आधार देउ, कि मारिदेउ

Drishtibihin news

काठमाडौं । देशकै शक्तिशाली प्रधानमन्त्रीसँग जनताले अपेक्षा गर्नु कुनै नौलो कुरा पनि होइन । तर पूरा नहुँदा जनता निरास हुनु अस्वाभाविक पनि होइन ।

दृष्टिविहीनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्ना गुरानो राख्दा पनि सुनवाई नभएको गुनासो गरेका छन् । उनीहरुले कि आफुँहरुलाई बाच्ने अधिकार दिनुपर्ने, नभए मारिदिनुपर्ने गुनासो गर्न थालेका छन् ।

शुक्रबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरुले भने, ‘हामीले बाच्ने आधार बनाउन आफ्नो कला बेच्न पनि पाएनौँ । हाम्रा सामान लुटियो । हामीलाई जबरजस्ती हातपात गरी लखेटियो ।

सो सम्मेलनमा राष्ट्रिय अपांग पत्रकार संघ नेपालका अध्यक्ष रबिन थपलियाले बजेठ ल्याउँदासमेत सरकारले अपांगता भउका ब्यक्तिलाई उपेक्षा गरेको आरोप लगाए ।

‘राज्यले हामीलाई न्यायदिनुप¥यो । हामी माग्ने होइनौँ । हामीले आफ्नो कला र गला बेचेर गुजारा गरेका छौँ’ उनले भने, ‘यदि हामी माग्ने भए देशका सबै गायक तथा गायिका माग्ने हुन्, सबै नेता माग्ने हुन् । हामीले अपराध गरेका छैनौँ । सजाय दिने भए ती भ्रष्टाचारीहरु, दलालीहरुलाई दिनुहोस् हामीलाई होईन ।’

नेपाल दृष्टिविहीन अपाङ्ग जागरण संघर्ष समितिले सरकारले आफूहरुलाई उपेक्षा गरेको भन्दै तत्काल शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग पनि गरेको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले आफूहरुलाई ढाँटेको समितिको आरोप छ । सरकारले आफूहरुलाई रोजगारीको व्यवस्था नगरे जीवन निर्वाह भत्ताको व्यवस्था गर्न पनि उनीहरुले माग गरेका छन् । यदि सरकारले आफूहरुको लागि केही पनि गर्न नसक्ने हो भने मारिदिए हुने गुनासो गरेका छन् ।

सो पत्रकार सम्मेलनमा संघर्ष समितीका उपाध्यक्ष दिपराज परियार, संघर्ष समितिका सदस्य नेत्रप्रसाद कोइराला, नम्रता ठकुरी, टंक आचार्य, अपांगमैत्री नेपालका अध्यक्ष काजीलाल श्रेष्ठ लगायतले अपांगता भएका व्यक्तिका राज्यले सधैं उपेक्षा गर्ने गरेको आरोप लगाए ।

प्रतिकृया दिनुहोस