केके छ राजीवको ‘टोक्यो सहरमा’ ? हेर्नुस् भिडियो

Tokyo saharma

काठमाडौं । कुनै बेला ‘जापान टोकियो, मैले चिठी पठाको थिए नी, कता रोकियो’ बोलको गीतले नेपाली सांगीतिक आकासमा तरंग पैदा गरिदिएको थियो । सबैको मुखमा यो गीतथ झुण्डिएको थियो ।

त्यसयता जापानबारे नेपाली गीत खासै बन्न छाडेका थिए । तर, फेरि जापानमा लामो समयदेखि बस्दै आएका नेपाली कलाकार राजिव लामाले ‘टोक्यो सहरमा’ बोलको गीत ल्याएका छन् ।

१२ वर्षदेखि जापानमा बस्दै आएका लामाले आफ्नो तेस्रो गीति सौगातस्वरुप ‘टोक्यो सहरमा’ नामक गीतको म्युजिक भिडियो ल्याएका हुन् ।
यसमा उनी आफैंले मोडलिङ गरेका छन् । त्यति मात्रै होइन, राजिव यो गीतको शब्द, संगीत र स्वर पनि लामाकै छ । उनले यो गीतलाई फरक शैलीको गीत भनेका छन् ।

बिशेष पाण्डेको छायांकन रहेको यो गीतको म्युजिक भिडियोमा टोक्यो मै १८ वर्षदेखि बस्दै आएकी आनजी शेर्पालाई डेब्यु गराएका छन् । गीतमा समाबेश सबै दृष्य जापानका विभिन्न मनोरम स्थलहरुमा छायांकन गरिएको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...