बाढीपीडितलाई आश्वासन मात्रै

Badi pidit

काठमाडौं । गत वर्ष आएको बाढीबाट धेरै जिल्लाका बासिन्दा प्रभावित भए । बाढीपीडितहरुलाई सरकारले तीन लाख रुपैयाँ दिने आश्वाशन पनि दियो । तर पीडितहरुले कुनै पनि राहत पाउन सकेनन् ।

साउनको अविरल बर्षाका कारण घरबार गुमाएका ४१ हजार पीडितले गत बर्खाको झरी र चिसो हिउँद छानोबिना नै कटाउन बाध्य भए । सरकारी वेवास्ताका कारण पीडितहरुले आगामी बर्खा पनि त्यसरी नै बिताउनुपर्ने भएको छ ।

सरकारले घर पूर्ण क्षति भएका बाढीपीडितलाई आवास पूनर्निर्माणका लागि तीन लाख अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो ।

तर, बाढी गएको एक वर्ष बित्नलाग्दा समेत पीडितले सरकारबाट राहत पाउन सकेका छैनन् ।

प्रतिकृया दिनुहोस