विश्वकप फुटबलको यस्तो छ तयारी, कसले जित्ला उपाधि ?

World cup

काठमाडौं । ६ दिनपछि रुसमा विश्वकप फुटबलको २१औं संस्करण सुरु हुँदै छ ।

यद्यपि संसारभरका फुटबलप्रेमीबीच आगामी विश्वकपको उपाधि कसले जित्ला भन्ने विषयमा तर्कवितर्क निकै अघिदेखि सुरु भइसकेको छ ।

विश्वभरका फुटबलप्रेमी आआफ्नो रोजाइको टोलीको जर्सी लगाएर हिँड्न सुरु गरेको पनि लामै समय बितिसकेको छ। समग्रमा भन्नुपर्दा संसारभरिका खेलकुदप्रेमीलाई यतिबेला विश्वकपको ज्वरोले मज्जैले तताएको छ ।

यसै क्रममा खेलकुद र मनोरञ्जनको क्षेत्रमा सक्रिय एक चर्चित अमेरिकी संस्था ‘ग्रासनोट’ले आगामी विश्वकपमा सहभागी टोलीहरूको विभिन्न पक्षको विश्लेषणपछि आफूले गरेको एउटा अध्ययनको नतिजा सार्वजनिक गरेको छ।
उक्त संस्थाको विश्लेषणलाई पत्याउने हो भने रूसमा आयोजना हुने विश्वकप फुटबलको उपाधि ब्राजिलले जित्नेछ। उक्त संस्थाले गरेको विश्लेषणको नतिजा छ, विश्वकपको फाइनलमा ब्राजिल र स्पेन भिड्नेछन्।

तर उपाधि भिडन्तमा ब्राजिलले स्पेनलाई हराउँदै छैटौं पटक उपाधि चुम्नेछ।

आगामी विश्वकपमा सहभागी ३२ वटै टोलीको यसअघिको प्रदर्शन, विश्व फुटबल महासंघ ९फिफा०ले सार्वजनिक गरेको वरीयता, विभिन्न टोलीमा सहभागी खेलाडीको क्षमता, फुटबल विश्लेषकको धारणाजस्ता विषयलाई आधार बनाएर यस्तो निष्कर्ष निकालिएको ‘ग्रेसनोट’को दाबी छ।

उक्त संस्थाले यसअघि पनि विश्वकपलगायत विभिन्न ठूला प्रतियोगिताको विश्लेषण र पूर्वानुमान गरेको थियो, जुन धेरै हदसम्म मिल्दै पनि आएको छ।

आगामी विश्वकपको विश्लेषणका लागि ‘इलो प्रविधि’लाई प्रयोगमा ल्याइएको सो संस्थाले जनाएको छ। यो प्रविधि खासगरी बुद्धिचाल खेलाडीको वास्तविक क्षमता पत्ता लगाउन प्रयोग गरिन्छ।

अमेरिकी बेसबल टोलीको क्षमता र वरीयता निर्धारण गर्न पनि यो प्रविधि प्रयोग गरिन्छ। रुस विश्वकपको विश्लेषण गर्ने संस्थाका सिमोन ग्लेभका अनुसार ब्राजिलले छैटौं पटक विश्वकप जित्ने सम्भावना २१ प्रतिशतभन्दा बढी देखिएको छ।

ब्राजिलपछि स्पेन, जर्मनी र अर्जेन्टिनाको सम्भावना देखिएको छ। स्पेनको सम्भावना १० प्रतिशत देखिएको छ भने जर्मनी र अर्जेन्टिनाको सम्भावना आठरआठ प्रतिशत देखिएको छ।

‘ब्राजिल र स्पेनको सम्भावना बलियो देखिएको छ। तर फाइनलमा ब्राजिलले स्पेनलाई हराउनेछ’, अन्तर्राष्ट्रिय समाचार संस्था एपीसँगको कुराकानीमा ग्लेभनले भनेका छन्।

उक्त संस्थाका अनुसार, समूह ‘ए’ बाट उरुग्वे ९७७ प्रतिशत सम्भावना० विजेता र रुस ९६० प्रतिशत० उपविजेता, समूह ‘बी’बाट स्पेन ९७६ प्रतिशत० विजेता र पोर्चुगल ९५८ प्रतिशत० उपविजेता, समूह ‘सी’बाट फ्रान्स ९६९ प्रतिशत० विजेता र पेरु ९६८ प्रतिशत० उपविजेता, समूह ‘डी’बाट अर्जेन्टिना ९८२ प्रतिशत० विजेता र क्रोएसिया ९५७ प्रतिशत० उपविजेता, समूह ‘ई’बाट ब्राजिल ९९० प्रतिशत० विजेता र स्विट्जरल्यान्ड ९५१ प्रतिशत० उपविजेता, समूह ‘एफ’बाट जर्मनी ९७९ प्रतिशत० विजेता र मेक्सिको ९६० प्रतिशत० उपविजेता, समूह ‘जी’बाट इङ्ल्यान्ड ९७१ प्रतिशत० विजेता र बेल्जियम ९७१ प्रतिशत० उपविजेता तथा समूह ‘एच’बाट कोलम्बिया ९७७ प्रतिशत० विजेता र पोल्यान्ड ९५० प्रतिशत० उपविजेताका रूपमा प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्नेछन्।

ब्राजिल, स्पेन, जर्मनी र अर्जेन्टिना प्रतियोगिताको सेमिफाइनलमा पुग्ने संस्थाको दाबी छ। सेमिफाइनलमा ब्रजिलले अर्जेन्टिनालाई र स्पेनले जर्मनीलाई हराउनेछ। समूह ‘ए’बाट इजिप्टको ३६ र साउदी अरेबियाको २७ प्रतिशत दोस्रो चरणमा पुग्ने सम्भावना देखाइएको छ।

यसैगरी समूह ‘बी’बाट इरानको ३५ र मोरक्कोको ३०, समूह ‘सी’बाट डेनमार्कको ३५ र अस्ट्रेलियाको २७, समूह ‘डी’बाट आइसल्यान्डको ३५ र नाइजेरियाको २७, ‘ई’बाट कोस्टा रिकाको ३१ र सर्बियाको २८, समूह ‘एफ’बाट स्विडेनको ३४ र दक्षिण कोरियाको २७, समूह ‘जी’बाट ट्युनिसियाको ३२ र पानामाकोे २६ तथा समूह ‘एच’बाट सेनेगलको ४५ र जापानको २९ प्रतिशत दोस्रो चरणमा पुग्ने सम्भावना देखाइएको छ।

यसैगरी इङ्ल्यान्ड, पोर्चुगल र बेल्जियमको विश्वकप जित्ने सम्भावना केवल चार प्रतिशत देखाइएको छ भने कोलम्बिया र पेरुको पाँच प्रतिशत सम्भावना देखाइएको छ। फ्रान्सले विश्वकप जित्ने सम्भावना भने ६ प्रतिशत देखाइएको छ।

विश्वकपको २०औं संस्करणसम्म केवल आठ राष्ट्रले विश्वकपको उपाधि जित्न सकेका छन्। आगामी विश्वकपमा पनि नयाँ टोलीले उपाधि जित्ने सम्भावना केवल चार प्रतिशत मात्र रहेको देखाइएको छ।

प्रतिकृया दिनुहोस