आरक्षणमा नयाँ व्यवस्था : खस–आर्यलाई १२ प्रतिशत आरक्षण ! कसले कति पाउँदैछ आरक्षण ? हेर्नुस् सुची

Arakshyan skech

काठमाडौं । आरक्षणको अर्थ भनेको कमजोर वर्ग र समुदायलाई समान अवसर दिनु हो । तर, इतिहासकै शक्तिशाली सरकारले आरक्षणको अपव्याख्या गर्दै खस–आर्य समुदायलाई समेत आरक्षण दिने भएको छ ।

यसअघि जातिगत र क्षेत्रगत रुपमा आरक्षण दिँदै आएकोमा अबदेखि आर्थिक दृष्टिकोणले गरिब रहेका समुदायलाई पनि आरक्षण सुविधा दिने तयारी भइरहेको छ ।

सरकारले तयार पारेको प्रस्तावित संघीय निजामती ऐनमै ‘विपन्न खस–आर्य’को कोटा छुट्याएर आरक्षण दिइने उल्लेख गरिएको छ । रायसुझावका लागि कानुन मन्त्रालय पुगेको संघीय निजामती ऐनमा ४५ प्रतिशत आरक्षणमध्ये ५० प्रतिशत महिलालाई छुट्याइएको छ ।

सरकारकाले यसअघि ४५ लाई आधार मानेर विभिन्न दलित, जनजाति, महिला, मधेशी लगायतलाई आरक्षण दिँदै आएको थियो । अब भने ५० प्रतिशतलाई शतप्रतिशत मानेर विपन्न खस–आर्यलाई १२ प्रतिशत आरक्षण दिने तयारी भइरहेको छ ।

कसले कति पाउँछ ?
प्रस्तावित ऐनमा पहिलोपटक निजामती सेवामा आरक्षणको मुस्लिम र थारु समुदायलाई छुट्टै आरक्षण दिने व्यवस्था गरिएको छ । जसमा थारुलाई ५ र मुस्लिमले ३ प्रतिशत आरक्षण पाउने छन् ।

अब आदिवासी जनजातिले ३२, मधेसीले २७, दलित र विपन्न खस–आर्यले १२, थारु र अपांगता भएका व्यक्तिले ५÷५, पिछडिएको क्षेत्रले ४ र मुस्लिमलले ३ प्रतिशत आरक्षण पाउने छन् ।

प्रस्तावित ऐनमा महिलामा पनि जातिगत क्लटर छुट्याइएको छ । महिलाको कोटामध्ये ३१ प्रतिशत खस–आर्यले पाउने छन् । आदिवासी जनजातिले २२, मधेसीले २०, दलितले १०, थारुले ५, अपांगता भएका व्यक्तिले ५, पिछडिएको क्षेत्रले ४ र मुस्लिमले ३ प्रतिशत आरक्षण पाउने छन् ।

प्रतिकृया दिनुहोस