काम नगर्ने ठेकेदारमा प्रचण्डका घरबेटी पनि, कारवाही गर्लान् गृहमन्त्रीले ?

Saradha adhikari

काठमाडौं । नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डका खरबेटी शारदाप्रसाद अधिकारी काम नगर्ने ठेकेदारमध्ये परेका छन् ।

ललितपुर खुमलटाका अधिकारीसहित १० जना ठेकेदारलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले सिफारिस गरेको छ ।

समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको सूची पठाउन गृहमन्त्री रामबाहादुर थापा बादलले दिएको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रचण्डका घरबेटी अधिकारीसहित १० जना निर्माण व्यवसायीलाई कारबाही गर्न सिफारिस गरेको हो ।

अधिकारीको शैलुङ कन्ट्रक्सनले भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडकको ठेक्का लिएको छ । तर ठेक्का लिएको चार वर्ष पूरा हुँदा पनि निर्माण भएको छैन । करिव १६ किमी सडक निर्माण नहुँदा यात्रुहरुले सास्ती पाउँदै आएका छन् ।

काम नगर्ने ठेकेदारहरुलाई कारवाही गर्दै आएका गृहमन्त्री थापाले अब प्रचण्डका घरभेटीलाई कारवाही गर्छन् कि गर्दैनन् चासोको विषय बनेको छ ।

प्रतिकृया दिनुहोस