महिला राष्ट्रिय भलिबलमा एपीएफ र पुलिस क्लव सेमिफाईनलमा

Volibal

काठमाडौं । चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनशिपमा एपीएफ र पुलिसले सेमिफाईनलमा स्थान बनाएका छन् । बुधबार भएको खेलमा एपीएफले पद्योदय युवा क्लव, चितवनलाई ३–१ को सेटमा हराउदै दुई खेल अगावै सेमिफाईनलमा स्थान पक्का गरेको छ ।

एपीएफले पद्योदयबिरुद्ध २५–११, २५–१६, २०–२५, २५–५ को सेटमा हराए पछि ३ खेलबाट ९ अंक बनाएको छ । बुधवार दोहोरो जित निकालेको पुलिसले चार खेलबाट ३ जित निकाल्दै ९ अंकका साथ सेमिफाईनलमा स्थान सुरक्षित गरेको छ । 

पहिलो खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सेटमा पराजित गरेको पुलिसले दोस्रो खेलमा पद्योदय युवा क्लव, चितवनबिरुद्ध ३–० कै सेटमा जित निकाल्यो । पुलिसले जावलाखेलबिरुद्ध २५–७, २५–९ र २५–११ को जित निकालेको थियो ।

अर्को खेलमा पद्योदयलाई २५–१२, २५–१६ र २५–१६ को सेटमा हरायो । त्यस्तै शिवम् न्यू डायमण्डले त्रिभुवन आर्मीलाई ३–० को सेटमा पराजित गर्यो । बिभागीय टोलीबिरुद्ध न्यू डायमण्डले २५–२१, २५–१४ र २५–१८ को सेटमा जित हासिल गरेको हो । सेटर कृपा अधिकारीको भरपाई हुन नसक्दा न्युडायमण्ड दवावमा देखिन्थ्यो ।

यदपी पश्चिमान्चल भलिवल संघको टोलीमा खेल्दै आएका राष्ट्रिय खेलाडी मञ्जु गुरुङ र अरुणा शाहीको उपस्थितिले न्यू डायमण्ड टिम बलियो देखिएको छ । न्यू डायमण्डले ३ खेलबाट ६ अंक जोड्दै सेमिफाईनलको बाटो सहज बनाएको छ ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिता ६ टिमको बीच राउण्ड रोबिन लिगका आधारमा संचालन गरिएको छ । लिग खेलमा उत्कृष्ट चार स्थान हाँसिल गर्ने टिमले सेमिफाईनलमा प्रवेश पाउने छन् ।

खेल तालिका अनूसार पहिलो बरियतामा रहेको टिमले चौथो बरियतामा रहेको टिम सग तथा दोश्रो वरियतामा रहेको टिमले तेश्रो बरियातामा रहेको टिमसग सेमिफाईनलमा प्रतिस्पर्धा हुनेछ ।

जेष्ठ २६ सम्म संचालन हुने प्रतियोगिताको बिजेता टिमले २ लाख,उपबिजेताले १ लाख ,तेश्रोले ५० हजार र चौथो हुनेले २५ हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछिन् । त्यस्तै बिधागततर्फ बेष्ट स्पाईकर,बेष्ट सेटर,बेष्ट ब्लकर,बेष्ट सर्भर,बेष्ट डिफेन्टर र बेष्ट कोचले जनहि ५ हजार प्राप्त गर्ने छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...