पहिले गोली बारुद खेलेँ, अहिले तरकारी खेतीसँग

Tarkari khet 23

डोटी । डोटीको केआईसिंह गाउँपालिका–१, का ७१ वर्षीय माओवादी नेता प्रताप पुनमगर कुनै बेला माओवादीका चर्चित लडाकु थिए । अहिले पनि त्यो धङ्धङी कायम छ ।

उनले तत्कालीन माओवादीबाट सन्यास लिएको धेरै भइसकेको छ । तर, उनमा माओवादीको रस उस्तै छ । ७१ वर्षको उमेरमा पनि राजनीति गर्ने शोख अझै हराएको छैन ।

उनी तत्कालिन माओवादीले जनयुद्ध गर्दा कमाण्डरको निर्देशनअनुसार धेरै ठाउँको लडाइँ लडेँ । डोटीको छेडा, कैलालीको, खिमडी, पाण्डौन लगायतका दर्जनौं आक्रमणको उनको संलग्नता थियो । उनी २०५९ फागुन १२ बाट जनयुद्धमा होमिएका थिए ।

तर, अहिले उनको दैनिकी फेरिएको छ । उनीसँगैका साथीहरु कोही सेनामा छन् । कोही सिंहदवारमा छन् त । कोही जमिनमुनी छन् अर्थात् सहदत प्राप्त गरिसकेका छन् । उनीहरुको पनि दैनिकी फेरिएको छ ।

उनी अहिले बन्दुकको नाल समाउन छाडेर दैनिक कुटो कोदालो समाउँछन् । उनको बारीमा अहिले मौसमी तथा बेमौसमी तरकारीले भरिभराउ छ । नियमति आम्दानी पनि त्यही तरकारीले बढाइरहेको छ ।

उनले दिपायलको पिपल्ला बजारमा ३ रोपनी जमिन भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । ‘निःस्वार्थ रुपमा राजनीति गर्दा पेट र परिवार पाल्न गाह्रो भएपछि जीउन पनि तरकारी खेती थालेके हुँ’ उनले भने, ‘तरकारी खेति गर्न थालेपछि बाच्न सजिलो भएको छ ।’

तरकारी खेतीबाट पुनले मासिक ३० हजार रुपैयाँ आम्दानी गर्न थालेका छन् । तरकारी खेती गरेरै ८ जनाको परिवारलाई पाल्दै आएका छन् । १ लाख रुपैयाँ ऋण निकालेर तरकारी खेतीको सुरु पुनले अहिले ऋण चुक्ता गर्न लागिसकेका छन् ।

उनको बारीमा अहिले तरकारी किन्नेको घुईँचो लाग्छ । बारीमा भिण्डी, काउली, बन्द गोभी, टमाटर, धनियाँ, आलु, मुला, काक्रा, सिम्ला लगायतका विभिन्न तरकारी फलाएका छन् । अहिले उनको दैनिकी नेताबाट सफल कृषकमा परिणत भएको छ । 

तस्वीरहरु : उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस