गाउँपालिकाको निर्णयः जनप्रतिनिधि र कर्मचारीलाई राष्ट्रिय पोशाक अनिवार्य

Nepali dress

भोजपुर । भोजपुरको अरुण गाउँपालिकाले स्थानीय जनप्रतिनिधिले राष्ट्रिय पोशाक अनिवार्य लगाउनुपर्ने निर्णय गरेको छ । यस्तै कर्मचारीले सरकारले तोकेको पोशाक लागउनुपर्नेछ ।

स्थानीय सरकारका प्रमुख एवं गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले गाउँ कार्यपालिकाको बैठकमा यस्तो निर्णय गराएका हुन् । गाउँपालिकालाई अनुशासित र मर्यादित बनाउन अनिवार्य राष्ट्रिय पोशाकका रुपमा पुरुषले दौरा सुरुवाल र महिलाले साडी चोलो लगाउनुपर्ने व्यवस्था गरिएको बताइएकोे छ ।

सबै निर्वाचत जनप्रतिनिधिले राष्ट्रिय पोशाक र कर्मचारीले अनिवार्य रुपमा सरकारले तोकेको पोशाक नलगाए बैठक नै स्थगित गरिने अध्यक्ष कार्कीको भनाइ छ । औपचारिक कार्यक्रममा जाँदा समेत राष्ट्रिय पोशाक लगाउनुपर्ने छ ।

प्रतिकृया दिनुहोस