राष्ट्रिय महिला भलिबलः एपीएफ शिर्ष स्थानमा

Khela 2 22 n


काठमाडौं । चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनशिपमा एपीएफ क्लब पुलिसलाई ३–० को सोझो सेटमा हराउदै शिर्ष स्थानमा रहन सफल भएका छन् ।

प्रतियोगिताको दोश्रो दिन एपीएप्ःले पुलिसलाई २५–२२,२५–१७ र २५–१५ को सोझो सेटमा हरायो । एपीएफले अपराजित रहदै २ खेलबाट ६ अंक जोडेको छ । आफ्नो दोश्रो खेलमा पराजय बेहोरेको पुलिसको २ खेलबाट ३ अंक रहेको छ ।

मंगलवार भएको लिग खेलमा शिवम् न्युडायमण्डले पहिलो जित निकाल्दै २ खेलबाट ३ अंक जोडेको छ । उसले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१०,२५–१० र २५–९ को सोझो सेटमा हरायो । पहिलो दिन एपीएफसग ३–० ले पराजित भएको आर्मीले मंगलवार दोहोरो जित निकाल्दै ३ खेलबाट ६ अंक बनाएको छ ।

पहिलो खेलमा पद्मोदय युवा क्लबलाई २५–१८,२५–११ र २५–१७ को सोझो सेटमा हराउदा दोश्रो खेलमा जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–५,२५–८ र २५–७ को सोझो सेटमा स्तब्ध बनायो ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगिता ६ टिमको बीच राउण्ड रोबिन लिगका आधारमा संचालन गरिएको छ । लिग खेलमा उत्कृष्ट चार स्थान हाँसिल गर्ने टिमले सेमिफाईनलमा प्रवेश पाउने छन् ।

खेल तालिकानूसार पहिलो बरियतामा रहेको टिमले चौथो बरियतामा रहेको टिम सग तथा दोश्रो वरियतामा रहेको टिमले तेश्रो बरियातामा रहेको टिमसग सेमिफाईनलमा प्रतिस्पर्धा हुनेछ । जेष्ठ २६ सम्म संचालन हुने प्रतियोगिताको बिजेता टिमले २ लाख,उपबिजेताले १ लाख ,तेश्रोले ५० हजार र चौथो हुनेले २५ हजार नगद प्राप्त गर्ने छन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछिन् । त्यस्तै बिधागततर्फ बेष्ट स्पाईकर,बेष्ट सेटर,बेष्ट ब्लकर,बेष्ट सर्भर,बेष्ट डिफेन्टर र बेष्ट कोचले जनहि ५ हजार प्राप्त गर्ने छन् ।
फोटो– शिवम् न्युडायमण्ड र जाउलाखेलबीचको प्रतिस्पर्धा ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...