वडा दलित महिला सदस्य सार्कीको हत्या प्रकरण : सामान्यकरण गर्ने प्रयास

Mana sarki

कालिकोट । कालिकोटमा स्थानीयबाट हत्या गरिएकी वडा दलित महिला सदस्यको पोष्टमार्टम्स भएको छ ।

नरहरिनाथ गाउँपालिका –९ निवासी महिला वडा सदस्य ४५ वर्षीय मना सार्कीको स्थानीयको कुटपिटबाट शनिवार मृत्यु भएको थियो । उनको शरिरमा निलडाम धेरै भेटिएको दलित अधिकारकर्मीहरुले बताएका छन् ।

प्रहरीले सार्कीको हत्यामा संलग्न रहेका राजिन्द्र शाही र सिर्जना शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटना लुकाउने प्रयास
वडा सदस्य सार्कीको हत्यालाई जिल्लामा सामान्यकरण बनाउने प्रयास भइरहेको छ । कतिपयले सार्कीले विष सेवन हल्ला फैल्याइको छन् ।

तर सार्कीको शरिरमा दर्जनौ ठाउँमा निलडाम छ । सार्कीको लास पोष्टमार्टम्स गर्न आएका दलित अधिकारकर्मीहरुले सार्वजनिक गरेका तस्वीरमा सार्कीको शरिरमा निलडाम रहेको देखिएको छ ।

कालिकोटको तिलागुफा नगरपालिकाकी उपमेयर दर्शना नेपालीका अनुसार जिल्लाबा विभिन्न तवरले सामान्यकरण बनाउने प्रयास भइरहेको छ । धेरैले वडा सदस्य सार्कीले विष सेवन गरेको र केहीले सार्कीको चरित्रसँग जोडेर हल्ला फैलाएका छन् ।

प्रतिकृया दिनुहोस