सबैलाई रुवाउँला त चङ्गाको ‘मेरी आमा’ ले ? हेर्नुस् भिडियो

Changa films song

काठमाडौं । तीन दिन पछाडी नेपाली चलचित्र ‘चङ्गा प्रदर्शनमा आउँदै छ । प्रदर्शनीको मिति नजिकिँदै गर्दा ‘चङ्गा’ को गीत ‘मेरी आमा’ निक्कै चर्चा बटुलेको छ ।

केही दिनअघि मात्रै सार्वजनिक भएको स्याड भर्सन ‘मेरी आमा’ ले आम दर्शकको मन तान्न थालेको छ । आगामी शुक्रबार प्रदर्शनीमा आउने चलचित्र ‘चङ्गा’ को सार्वजनिक भएको गीतमा आमा छोराको कथा प्रस्तुत गरिएको छ ।

हास्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) को निर्देशनमा बनेको चलचित्र ‘चङ्गा’ मा ‘मेरी आमा’ बोलको गीतमा बन्धक बालकको आमा प्रेम देखाइएको छ । यो गीतमा कमल खत्रीको स्वर, शब्द र संगीत छ ।

चलचित्र ‘चङ्गा’ मा वुद्धि तामाङ, अंकित खड्का, रेश्मा तिमल्सिना, लक्ष्मी वर्देवा, कमलमणी नेपाल, राजन खतिवडा, जीवन भट्टराई लगायतको अभिनय छ ।

चलचित्रको कथा निर्देशक खतिवडाकै छ भने निर्माण रेश्मा तिमल्सिनाको छ । रविन आचार्यको छायांकन, राजनराज शिवाकोटी र कमल खत्रीको संगीत रहेको चलचित्र ‘चङ्गा’ मा पैसाको समस्यापछि एक ग्रामिण भेगको युवकको जीवनमा आउने उतारचढावलाई देखाउन खोजिएको छ ।

Video

प्रतिकृया दिनुहोस