के छ ‘एक्स्ट्रा माया’ मा ? हेर्नुस् ट्रेलर

Axtra maya

काठमाडौं । असार ८ मा प्रदर्शनी आउन लागेको चलचित्र ‘एक्स्ट्रा माया’ ट्रेलर सार्वजनिक भएको छ ।

केही दिन अगाडि मात्रै कलाकारलाई सस्पेनमा राखेर पोष्टर सार्वजनिक गरिएको थियो । मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा भने नयाँ नयाँ अनुहारहरुलाई देखाइएको छ ।

चलचित्र ‘एक्स्ट्रा माया’ को ट्रेलरमा समाजमा भएका विद्यमान समस्या युवा युवतीको प्रेम, विदेश जाने लोग्नेका श्रीमतीको कथा अनि विदेश जाने श्रीमतीको पीडालाई मुख्य विषय बनाइएको छ ।

फेसबुकको फेशन लभले घरबार बिग्रिएको र साथीहरुको संगतले घरमा अशान्ति मच्चिएको चलचित्र लचित्र ‘एक्स्ट्रा माया’ मा देख्न पाइने छ । लभ तथा कमेडी जनरामा बनेको सो चलचित्रले अहिलेका युवा युवतीको वास्तविक कथालाई उजागर गर्न खोजेको देखाइएको छ ।

सामाजिक परिवेशलाई सुहाउँदो रियालिटी वेशमा चलचित्र निर्माण गरिएको निर्माता कमल फुयाँल बताउँछन् ।सञ्चारकर्मीसमेत रहेका निर्माता फुयाँलका अनुसार अधिकांश चलचित्रहरु पुराना अनुहार अनि काल्पनिक कथामा निर्माण हुने भएका कारण समाजमा हुने वास्तविक घटना चलचित्रमा नआएको र चलचित्रमा समाजमा घटेका वास्तविक घटना जस्ताको तस्तै राखिएको बताए ।

चलचित्र ‘एक्स्ट्रा माया’ युवा पुस्ता केन्द्रित छ । चलचित्रमा कथा बलियो भएका कारण सबैले मन पराउने निर्देशक सोम कुस्कुमाझीको दावी छ । उनले चलचित्रमा पृथक बिषयबस्तुलाई उठान गरेको बताउँछन् ।

रिच इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘एक्स्ट्रा माया’ मा चलचित्रमा सुस्मिता बुर्लाकोटी, अर्जुन खडका, सनी सुनवार, सृष्टि भण्डारी, शोभा भण्डारी, कमल केआर, यमन माझी, कमल फुयाँल , सरीता दोङ, सुन्जित माझी लगायतको अभिनय रहेको छ ।

चलचित्रमा पटकथा तथा निर्देशन दुवै सोम कुस्कुमाझीले गरेका छन् भने कथा कमल केआरको छ । दिनेश माङमुको कोरियोग्राफी, बासु न्यौपानेको छायांकन तथा समिर मियाँको सम्पादन रहेको यस चलचित्रमा सन्तोष किरात र योङजङ लामाको संगीत रहेको छ ।

 

Video

प्रतिकृया दिनुहोस