प्रधानमन्त्री कप क्रिकेटः प्रदेश २ लाई हरउँदै एपिएफ सेमिफाइनलमा

Apf final n

काठमाडौं। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा २ नं प्रदेशलाई हराउँदै विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएको छ।
आजको जीतसँगै एपिएफ सेमिफाईनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपिएफ प्रदेश २ लाई डकवर्थ लुइस नियमानुसार ९६ रनले हरायो।

टस जितेर ब्याटिङ रोजेको एपिएफले ५० ओभरमा ६ विकेट गुमाउँदै ३३९ रनको विशाल योगफल तयार पारेको थियो । सो योगफल प्रतियोगिताकै सर्वाधिक ठूलो योगफल हो । यसअघि नेपाल पुलिस क्लबले ३२४ रनको योगफल बनाएको थियो ।

एपिएफको पारीलाई उकास्नका लागि सुवास खकुरेल र प्रदीप ऐरीले शतक प्रहार गरे । ओपनर सुवासले १०३ रनको योगदान दिँदा प्रदीपले १५८ रनको योगदान दिए । उनले १३५ बलमा १३ चौका र ८ छक्का प्रहार गरेका थिए । यस्तै पृथु बाँस्कोटाले १४ बलमा २९ रनको आक्रामक पारी खेले भने भुवन कार्कीले १६ रन जोडे ।

बलिङतर्फ प्रदेश नं २ का दिभ्यांशु मल्लिक एक्लैले ५ विकेट लिए । तीन सय ४० रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश २ ले १६ ओभरमा विना विकेटको क्षतिमा ६४ रन बनाएपछि मैदानमा वर्षा भएको थियो जसका कारण खेल २८ ओभरमा झारियो भने २०२ रनको नयाँ लक्ष्य निर्धारण गरियो ।

खेल पुनःसञ्चालन भएलगत्तै प्रदेश २ का ब्याट्सम्यान लगातार पेवलियन फर्किए । सत्रौँ ओभरमा नै एपिएफका करण केसीले ओपनर सुरज पटेललाई ३४ रनको व्यक्तिगत स्कोरमा क्याचआट गराए र त्यसपछि क्रिजमा आएका हसिम अन्सारीलाई डकआउट गरे । मेहबुव आलम २ रन बनाएर वसन्त रेग्मीको बलमा एलबीडब्ल्यु भएपछि सौरभ नागवंशी पनि शून्यमै पेवेलियन फर्किए । बीसौँ ओभरमा हरिशंकर साहलाई वसन्त रेग्मीले बोल्ड गरेपछि पाँचौँ विकेट गुमाएको प्रदेश २ ले थप १९ रनका लागि चार विकेट खर्चिँदा १०५ रन मात्र बनाउन सक्यो ।

बलिङतर्फ एपिएफका कप्तान वसन्त रेग्मी र करण केसीले ३–३ विकेट लिए । तीन खेलबाट ३ अंक जोडेको एपिएफ सेमिफाइनलमा पुगेको छ । समूहका विजेता र उपविजेताको टुंगो लगाउनका लागि अब एपिएफले यसअघि सेमिफाइनल पुगिसकेको त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

त्यसैगरी मूलपानी मैदानमा भएको खेलमा प्रदेश ५ विजयी भएको छ । वर्षाले प्रभावित खेलमा प्रदेश ५ ले प्रदेश ३ लाई डकवर्थ लुइस नियमानुसार ३० रनले हरायो । शुरुआती ब्याटिङ गरेको प्रदेश ३ ले ४४ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १५२ रन बनाएको थियो । प्रदेश ३ का लागि भूपेन्द्र थापाले सर्वाधिक ४६ रन जोडे भने अन्यको प्रदर्शन कमजोर रह्यो । बलिङतर्फ लाल अधिकारीले ४ विकेट लिँदा कृष्ण कार्की, सन्दीप सुनार र विक्रम भुसालले २–२ विकेट हात पारे ।

एक सय ५३ रनको लक्ष्य पछ्याएको प्रदेश ५ ले २०।५ ओभरमा तीन विकेट गुमाउँदै ८९ रन बनाएको थियो तर मैदानमा वर्षा भएपछि एक बल पनि चल्न सकेन । डक वर्थ लुइस नियमानुसार ६० रनको नयाँ लक्ष्य निर्धारण गरियो जुन प्रदेश ५ ले पार गरिसकेको थियो । सो जीतसँगै प्रदेश ५ ले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । तीन खेलबाट उसले ५ अंक जोडेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...