कालिकोटमा वडा दलित महिला सदस्य सार्कीको हत्या

Mana sarki

कालिकोट । कालिकोटकै जुविथामा मनवीर सुनारको हत्या भएको घटना सेलाउन नपाउँदै फेरि कालिकोटमा दलित महिलाको हत्या भएको छ ।

देशभर १२ औं जातीय छुवाछूत उन्मुलन दिवस मनाइरहँदा कालिकोटमा दलित महिलाको हत्या हुँदा राज्य र दलित अधिकारकर्मी बेखवर बनेका छन् ।

कालिकोट जिल्ला नरहरिनाथ गाउपालिका –९ निवासी महिला वडा सदस्य ४५ वर्षीय मना सार्कीको स्थानीयको कुटपिटबाट मृत्यु भएको थियो । शनिवार राती साँढे ९ बजे स्थानीय राजिन्द्र शाही, सिर्जना शाही लगायतले वडा सदस्य सार्कीलाई कुटपिट गरेका थिए ।

स्थानीयको कुटपिटबाट सार्कीको शनिबार राति ११ बजे नै मृत्यु भएको थियो । मना तत्कालीन नेकपा एमालेको तर्फवाट महिला वडा सदस्यमा विजयी भएकी थिइन् । यसअघि चुल्हो छोएको निहुँमा कालिकोटकै जुविथामा मनवीर सुनारको हत्या भएको थियो ।

उनका श्रीमान चुरे सार्की भारतमा रोजगारी गर्छन् । मृतक सार्कीका ३ छोरा र ३ छोरी छन् । साकीृको हत्यामा संलग्न भएको आरोपमा राजिन्द्र शाही, श्रीजना शाही र दुर्गा शाहीलाई प्रहरीले पक्राउ गरेको छ । वडा सदस्य सार्कीको हत्याबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय कालिकोटले जनाएको छ ।

घटनास्थल कालिकोट सदरमुकाम मान्माबाट झण्डै १ दिनको बाटो टाढा छ । आइतबार नै सार्कीको शवलाई जिल्ला सदरमुकाम लगिए पनि सार्कीको हालसम्म पोष्टमाटम्स भएको छैन । उनको शबलाई जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस