१२ औं जातीय छुवाछूत उन्मुलन दिवस : कोठे कार्यक्रम, कोठे कुरा

Jeth 21 ktm

काठमाडौं । सोमबार देशभरका दलित समुदायले १२ औं जातीय छुवाछूत उन्मुलन दिवस मनाए । ¥याली गरे, सभा सम्मेलन गरे । तर, तिनै दलितका अगुवाहरुले काठमाडौंमा भने कोठामा कार्यक्रम गरेर मनाएका छन् ।

१२ वर्षअघि अर्थात् २०६३ जेठ २१ गते सरकारले नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसैको अवसरमा सोमबार काठमाडौंका ठूला भनिएका संघ संस्था र राजनीतिक दलहरुका जनवर्गीय संगठनहरुले कोठे कार्यक्रम गरेका छन् । जिल्ला समन्वय समिति काठमाडौंको सभा हलमा गरिएको कार्यक्रमका प्रमुख अतिथि थिए गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ।

विभिन्न राजनीतिक दल आवद्ध ६ वटा जनावर्गीय संघ संगठन, दलित गैर सरकारी संस्था महासंघ, दलित महिला संघ, दलित नागरिक समाज, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, समता फाउण्डेसन, जागर मिडिया सेन्टर लगायतका १९ वटा गैर सरकारी संस्था र राष्ट्रिय दलित आयोग, उपेक्षित, उत्पीडित दलित विकास समिति र वादी समुदाय विकास समिति गरी ३ वटा सरकारी निकाय थिए आयोजक ।

कार्यक्रमको विषय थियो, आयोजित जातीय भेदभाव तथा छुवाछूतको वर्तमान अवस्था र समाधानका उपाय विषयक राष्ट्रिय बहस । मञ्चमा थिए गृहमन्त्री बादलसहित जितु गौतम, तिलक परियार, शम्भु हजारा पासवान, भक्तविश्वकर्मा, कला स्वर्णकार, टेकु नेपाली, अफिलाल ओखडा, धर्म विक, राम नेपाली लगायत ।

ढिलोगरी सुरु भएको कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो भाषणमा छुवाछूत गर्ने अपराधीलाई सरकारले कुनै पनि हालतमा नछाड्ने धम्की दिए । तर, गृहमन्त्री बादलले झण्डै २२ महिनादेखि शिक्षण अस्पतालमा अजित मिजारको शव रहँदाको कुनै कुरा उठाएनन् । गृहमन्त्री बादलले त उठाएनन् नै, कार्यक्रमका बक्ताहरुलेसमेत त्यो कुरा उठाएनन् ।

अधिकाँंस बक्ताका कुरा दलित अधिकार केन्द्रित थियो । जुन कुरा वर्षाैदेखि उठ्दै आएको छ । अघिल्लो वर्ष आयोजना गरिएको कार्यक्रममा पनि त्यही कुरा थियो । अहिले पनि त्यही कुरा आएको छ ।

बक्ताहरुले एक वर्षको अवधीमा दलितमाथि भएका अन्याय र अत्याचारबारे गुनासो पोखे । सुन्ने चाँही सबै दलित अर्थात् पीडितै पीडित । पीडितका आवाज सुन्ने व्यक्ति गृहमन्त्री रामबहादुर थापा बादल थिए । उनी पनि आफ्नो कर्तव्य पूरा गरेर हिडे । अर्थात् आए, कार्यक्रमको उद्घाटन गरे, भाषण गरे । फर्किए ।

यसलार्य धेरैले दलित आन्दोलन शिथिल बन्दै गएको विष्लेषण गरे । नेपाल उत्ीडित जातीय मुक्ति समाजका महासचिव गणेश विश्वकर्मा भन्छन्, ‘पछिल्ला गतिविधि कोठामै सीमित भएका छन्, सडकमा जाने परिस्थिती नै बन्न सकेन र सडकले पनि दलित आन्दोलनको आवाज नसुन्ने भएको छ ।’

भ्याली बाहिर उत्साह
केन्द्रिय स्तरका नेता र संघ संस्थाले राजधानीमा कोठे कार्यक्रम गरेको भए पनि राजधानी भन्दा बाहिर बरु सडक कार्यक्रम भएका छन् ।

राजधानी बाहिरका जिल्लाहरुमा उत्पीडित महिला सशक्तिकरण अभियान लगायतका संघ स.सथाहरुले धरानमा कार्यक्रमको आयोजना गरे । अन्य जिल्लाहरुमा समेत मुख्य चोकहरमा सभा गरिएका छन् ।

प्रतिकृया दिनुहोस