‘धुम–३’ को छायांकन सुरु

Dhom 3

काठमाडौं । ‘धुम–३’ छायांकन सुरु हुँदै प्रदर्शनको मिति तोकिएको छ । जाहन्वी बस्नेत र ब्रबिम बस्नेतको प्रस्तुती रहेको चलचित्र ‘धुम–३’ विहीबारदेखि मात्रै छायांकन सुरु भएको हो ।

छायांकन सुरु भएलगत्तै चलचित्र ‘धुम–३’ आगामी भदौको २२ मा प्रदर्शनमा आउने निर्माण पक्षले दावी गरेको छ । जयकिसन बस्नेतको निर्माण, निर्देशक तथा लेखन रहेको ‘धुम–३’ जीवन श्रेष्ठको छायांकन छ ।

चलचित्रमा ‘धुम–३’ मा जयकिसन बस्नेत, प्रज्वल गिरी, एलिना रायमाझी, सिमरन कार्की, लय संग्रौला, दिनेश डिसी, शोभित बस्नेत, बिष्णु सापकोटा ‘हर्के हल्दार’, उत्तम केसी, विपना बस्नेत, विपन खत्री, रोजन फूँयाल, देश नरेश अधिकारी, माधव केसी, तेजा ऐर, रामजी राउत, ज्ञानकुमार कट्टेल, कृष्ण शिवाकोटी, सपना श्रेष्ठ, जिके श्रेष्ठ लगायतको अभिनय रहने छ ।

‘धुम–३’ मा टंक बुढाथोकीको गीत तथा संगीत, हिमाल केसीको द्वन्द, कबिराज गहतराजको नृत्य र तुल्सी बास्कोटाो सम्पादन रहने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...