गृहमन्त्री भन्छन्, छुवाछूत गर्न अपराधी हुन्

Ram bahadur thapa

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कुुनै पनि बहानामा दलित समयुदायमाथि विभेद हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

१२ औं जातीय छुवाछूत उन्मुलन दिवसको अवसरमा काठमाडौंमा आयोजित जातीय भेदभाव तथा छुवाछूतको वर्तमान अवस्था र समाधानका उपाय विषयक राष्ट्रिय बहसमा गृहमनत्री बादलले छुवाछूत गर्नेलाई अपराध मानेर कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाए ।

‘छुवाछूत गर्ने अपराधीको सुचना दिनुस्, म सरकारको तर्फबाट हदैसम्मको कारवाही गर्छ’ गृहमन्त्री बादलले भने, ‘छुवाछसत अन्त्य गर्न अब सरकारले चाँडै विषेश अभियान चाल्दैछ, सहयोग गर्नुहोला ।’

उनले गृह मनत्रालयले सबै प्रकारका अपराधलाई निर्मुल पार्न खोजेको पनि बताए । ‘अहिले कालावजारी, भ्रष्टचारी लगायतका अपराध रोक्न जसरी राज्यले कठोर कदम चालेको छ, त्यसरी नै छुवाछूत गर्ने अपराधीलाई कारवाही गर्छु’ उनले भने, ‘कसैले दलित समुदायमाथि अन्याय र अत्याचार गर्छ भने राज्य चुप लागेर बस्दैन, कोही पनि कानुनी दायराभन्दा बाहिर जान सक्दैन ।’

उनले सरकार समतामुलक समाज निर्माणमा लागेको बताए । समतामूलक समाजमा मात्रै सबै जात जाति समान हुने उनले बताए । अबको लक्ष्य समाजवाद उन्मुख भएकाले समाजवादमा कसैले कसैमाथि भेदभाव नगर्ने उनको तर्क थियो ।

प्रतिकृया दिनुहोस