पूर्व अधिराजकुमारी प्रेरणाले छोडिनन् ‘विजया घर’

Prerana

काठमाडौं । पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले ऐतिहासिक विजया घर छोड्न मानेकी छैनन् ।

पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणालाई उनी बस्दै आएको छाउनीस्थित १५ रोपनीमा रहेको घरजग्गा छाड्न सरकारले ३५ दिनको अल्टिमेटम दिएको थियो । तर उनले बुबाले दाइजोमा दिएको भन्दै छोड्न अटेर गरेकी हुन् ।

सर्वोच्च अदालतले सार्वजनि सम्पत्ति कसैका नाममा दाइजो पदिन नपाइने भन्दै उक्त घरजग्गा नेपाल ट्रस्टका नाममा ल्याई संरक्षण गर्न निर्देशनात्मक आदेश यसअघि नै गरिसकेको छ ।

राजसंस्थाको सम्पत्ति राष्ट्रहितविपरीत व्यक्तिगत रुपमा आफूखुसी दान, बकस, दाइजो, पेवा राजीनामा दिन वा कुनै पनि किसिमबाट हस्तान्तरण गर्न नहुने सर्वोच्चको आदेश छ । तर प्रेरणाले सर्वोच्चको यस्तो आदेशपछि पनि अटेरी गर्दै आइरहेकी छन् ।

प्रतिकृया दिनुहोस