पारा तेक्वान्दो खेलाडीलाई मेन्टरको साथ

Mentor

काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडीलाई मेन्टर कन्सल्टेन्सीले सहयोग गर्ने भएको छ । मेन्टरले दुई वर्षका लागि खेलाडीलाई आवश्यक पर्ने खेल पोशाक र सामाग्रीका साथै खुराक खर्च प्रायोजन गर्ने भएको हो ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाको उपस्थितिमा तेक्वान्दो संघअन्तर्गतको पारा तेक्वान्दो कमिटीका संयोजक कसिम मियाँ धोबी र मेन्टरका प्रबन्ध निर्देशक हेमन्त भट्टराईले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरे । मेन्टरले दुई वर्षको अवधिमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने पारा तेक्वान्दोलाई नगदसहित सम्मान पनि गर्ने छ ।

निर्देशक भट्टराईले सामाजिक उत्तरदायित्वअन्तर्गत खेलाडीलाई सहयोग गरेको बताउदै टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडीलाई पनि सहयोग गर्ने सोच रहेको बताए ।

पारा तेक्वान्दो कमिटीका सचिव एवं तेक्वान्दो संघका प्रवक्ता दीपक विष्टले फरक क्षमता भएका खेलाडीको लागि सहयोगको हात बढाएकोमा मेन्टरलाई धन्यवाद दिदै मेन्टरको सहयोगले खेलाडीमा उर्जा थप्ने काम गरेको बताए । विष्ट मेन्टरको ‘ब्रान्ड एम्बासडर’ पनि हुन् ।

सोही अवसरमा अन्तर्राष्ट्रिय पारा तेक्वान्दोका पदक विजेता पलेशा गोबद्र्धन, रञ्जना धामी र सीता भण्डारीलाई मेन्टरले नगदसहित सम्मान ग¥यो । सबैलाई प्रशंसा पत्र र १० हजार नगद हजार रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...