चार नं प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Khelkuda 4

पोखरा । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी वर्षबाट प्रदेश ४ मा खेलकुद पूर्वाधार विकासका कामहरु सुरु हुने बताएका छन् । 

पोखरामा प्रदेश नम्बर ४ स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले हरेक जिल्लामा एक बहुउद्धेश्यीय कभर्डहल र खेलमैदान बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

पोखरा रंगशालामा आइतबारबाट सो प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, उसु, कराँते, र तेक्वान्दोका ७ सय ९२ जना खेलाडी र १ सय ३२ जना निर्णायकहरु गरी ९ सय २४ जनाको सहभागिता रहेको छ । प्रतियोगितामा प्रदेश ४ का ११ वटै जिल्लाका खेलाडीहरु सहभागी छन् ।

प्रतियोगितामा प्रथम हुने जिल्लालाई नगद २० हजारसहित प्रदेश नं ४ को राष्ट्रपति रनिङ शिल्ड, दोश्रो हुने जिल्लालाई नगद १५ हजार ट्रफी र तेश्रो हुने जिल्लालाई नगद १० हजार ट्रफीसहित पुरस्कार प्रदान गरिने छ । विधागत खेलमा प्रथम द्वितीय र तृतीय हुने जिल्लाहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

कराँते, तेक्वान्दो, उसु, एथलेटिक्स, भलिबल र कबड्डी खेलमा प्राप्त स्थान मेडलका आधारमा प्रदान गरिने कुल स्वर्ण पदक मध्ये सबैभन्दा बढी ल्याउन सफल हुने जिल्लाले यस वर्षको प्रदेश नं ४ को राष्ट्रपति रनिङ्ग शिल्ड हात पार्न सफल हुने जनाइएको छ ।

भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते, तेक्वान्दो र उसु खेलका विभिन्न इभेन्टस तथा तौल समुह गरी ३७ स्वर्ण ३७ रजत र ४३ कास्य गरी कुल १ सय १७ पदकको लागि प्रतिस्पर्धा हुँदैछ ।

यता प्रतियोगिताअन्तर्गत आइतबार भएको १५ सय मिटर छात्रतर्फ कास्कीका इस्माइल भण्डारीले स्वर्ण पदक प्राप्त गरे । छात्रातर्फ भने स्याङ्जाकी जमुना खरेलले स्वर्ण हात पारिन् ।

८ सय मिटर छात्रमा कास्कीका विवेक अधिकारी र छात्रातर्फ स्याङ्जाकी जमुना खरेलले स्वर्ण पदक पाइन् भने छात्र रिलेतर्फ नवलपरासी र छात्रामा कास्कीले स्वर्ण हात पारेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...